काभ्रे । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दोस्रो जनआन्दोलनमा घाइते भई गत वैशाख २७ गते निधन भएका जिउँदो सहिद बनेपाका मुकेश कायस्थको परिवारमा दु:ख व्यक्त गरेका छन् ।
राष्ट्रपति पौडेलको तर्फबाट प्रेस सल्लाहकार किरण पोखरेल, राष्ट्रपति पौडेलको परिवारको तर्फबाट छोरी अबज्ञा पौडेल र प्रेस संयोजक खिला कार्कीले मुकेशको घरमा पुगेर दु:ख व्यक्त गरेका हुन् ।
राष्ट्रपति पौडेलले सन्देश पठाउँदै मुकेश जस्ता योद्दाहरुको कारण नेपालमा लोकतान्त्रिक गणतन्त्र संभव भएको र मुकेशको योगदानलाइ भावी पुस्ताले सम्झिरहने उल्लेख गरेका छन् । बागमती प्रदेशका खनेपानी, सिंचाइ तथा उर्जा मन्त्री तीर्थ लामाले मुकेशको योगदानलाई सरकारले उचित सम्बोधन गर्ने बताएका छन् ।