काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरण सार्वजनिक भएसँगै शीर्ष नेताहरूको नियमित भेटवार्तालाई विपक्षी दलका सांसदहरूले आपत्ति जनाएका छन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा र जनता समाजवादी पार्टी (जसपा) का सांसद राजकिशोर यादवले केही दिनयता तीन दलका शीर्ष नेताको भेटमाथि आशंका व्यक्त गरेका हुन्।
केही दिन यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा उमालेका अध्यक्ष केपी शर्मा अोलीबीच नियमितजसो भेट भइरहेको छ।
रास्वपा सांसद झाले नक्कली भुटानी शरणार्थी प्रकरणको विषय बाहिर आएपछि शीर्ष नेताहरू एकजुट भए पनि देश विपत्तिमा पर्दा किन भेट नगरेको भन्दै प्रश्न गरेका छन्।
‘तीन दलका शीर्ष नेताहरू पटक पटक भेटिरहेका सुन्छौं। देशमा केही आपत परेका बेलामा बाढी, पहिरो, भूकम्प वा केही अन्तराष्ट्रिय जगतसँग सम्बन्धित विपत परेको बेलामा नेताहरू यती तारन्तार भेटिरहेको समाचार सुन्दैन थियौंरु अहिले किन सुनिन्छरु नेताहरूको आकर्षण किन देखिएको छरु,’ सांसद झाले भने, ‘त्यसैले सन्दिग्ध व्यक्तिहरू भाग्ने मौका पनि नपाउन्। र यसमा सम्बन्धित समाचारहरू आशंकाको घेरामा रहेका व्यक्तिको नामकरण, इन्स्टलमेन्टमा पनि बाहिर नआओस्। यसलाई प्याकेजमा बाहिर लिएर आएर शङ्कास्पद व्यक्तिहरूलाई घेरामा राखेर यसको उपचार गरियोस्।’
उनले सरकारले आफ्ना आवाज नसुने आन्दोलनमा जाने चेतावनी समेत दिए।
जसपा सांसद यादवले नक्कली भुटानी शरणार्थी सामान्य भ्रष्टाचारको मुद्दामात्र नभइ राष्ट्रद्रोह भएको बताए। उनले शीर्ष नेताको भेटघाटले यो मुद्दामा मिलेमतो गर्न खोजेको त होइन भन्ने शंका उत्पन्न भएको बताए।
‘यो सामान्य भ्रष्टाचार हो भन्ने भाष्य निर्माण गरिँदैछ, यो सामान्य भ्रष्टाचारमात्र होइन, देशद्रोह हो । यसले राजनीतिमा अविश्वासको वातावरण सिर्जना गरिरहेको छ। यसलाई त्यही रूपमा लिई दोषीलाई कानुनी कठघरामा ल्याउन सक्रियता पूर्वक ध्यान दिनुपर्छ। उनले भने ‘ठूला दलका नेता दिनहुँ भेटिरहेको छ। जनमानसमा शंका छ उनीहरू यो केशलाई कहीँ मिलाउन खोजिरहेका छैनन्रु ’ उनले भने ।