इस्लामाबाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफूलाई देशका शक्तिशाली सैन्य प्रतिष्ठानले राजद्रोहको आरोपमा १० वर्षसम्म जेलमा राख्ने योजना बनाएको दावी गरेका छन् ।
पाकिस्तानका जनतालाई सन्देश दिँदै खानले भनेका छन् – ‘पाकिस्तानका मानिसका लागि मेरो सन्देश छ, म मेरो शरीरमा रगतको अन्तिम थोपा रहुञ्जेल स्वतन्त्रताका लागि लड्ने छु, किनभने मेरा लागि यी अपराधिहरुको गुलाम हुनुभन्दा मृत्यु उचित हुनेछ ।’
सोमवार केही ट्विट गर्दै पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का प्रमुख खानले भनेका छन्– ‘अहिले लण्डनको पूरा योजना बाहिरिएको । जब म जेलमा थिएँ, तब हिंसाको वहानामा उनीहरुले न्यायाधीश, ज्यरी तथा जल्लादको भूमिका अपनाए ।’
‘अहिले बुशरा बेगम (इमरान खानकी श्रीमती) लाई जेलमा हालेर तथा राजद्रोह कानूनको प्रयोग गरेर आगामी १० वर्षसम्म जेलमा राखेर मलाई अपमानित गर्ने योजना बनाइएको छ’ खानले लेखेका छन् । उनको यो ट्विट आफ्नो लाहोरस्थित आवासमा पीटीआई नेताको बैठकपछि आएको हो । ७० वर्षीय नेता खान १०० भन्दा बढी मुद्दाको जमानतमा छन् । उनी भन्छन् – ‘मानिसले कुनै पनि प्रतिक्रिया नगरुन् भन्ने सुनिश्चित गर्नका लागि दुई वटा काम गरिए, पहिला थाहा पाएर नै पीटीआईका कार्यकर्ता मात्र नभएर आम नागरिकलाई पनि आतंकित गरे ।
अर्को सञ्चार माध्यमलाई पूर्ण रुपले नियन्त्रित र दबाइयो ।’ उनी भन्छन् – ‘जसरी यी अपराधिद्वारा ‘चादर र चार दिवारी’ को पवित्रताको उल्लंघन गरिएको छ, त्यस्तो कहिले भएको थिएन ।’ इमरान खानले शुक्रवार जमानत पाएपछि पनि पुनः पक्राउ पर्ने आशंकाले इस्लामाबाद उच्च न्यायालय ९आईएचसी० परिसरमा घण्टौं बन्द बसेका थिए । यद्यपि शनिवारका दिन उनी लाहोरस्थित आफ्नो घर फर्किएका थिए ।