शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दक्षिण कोरियामा युट्युब अभिव्यक्ति स्वतन्त्रताको बलियो माध्यम

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
दक्षिण कोरियामा युट्युब अभिव्यक्ति स्वतन्त्रताको बलियो माध्यम
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

युट्युबर किम ओ जुन ।
३१ वैशाख, काठमाडौं । दक्षिण कोरियामा युट्युबमा सर्वाधिक भ्युज भएका कार्यक्रमले धेरैलाई आश्चर्यमा पार्न सक्छ । कोरियन पप वा कोरियन नाट्य श्रृंखला वा ब्लाक पिंक गानासँग यसको कुनै सम्बन्ध छैन ।

यो भ्युजको सम्बन्ध सिधारूपमा समसामयिक विषयको उग्र कार्यक्रम ‘जियोमसन इज नोथिङ’ सँग छ । यो निकै लोकप्रिय कार्यक्रम हो । परम्परागत मिडियाले राज्य संयन्त्रप्रति सम्मानजनक व्यवहार गरेको भन्दै यसका सञ्चालक किम ओ जुनले निकै नै आक्रामक र आलोचनात्मक सामग्री पस्किन्छन् । उनको यो शैलीले दक्षिण कोरियामा तरंग नै पैदा गरेको छ ।

किमको शैलीले अमेरिकी रात्रिकालीन शो को झल्को दिलाउँछ । आफ्नो लक्ष्य रूढीवादी सरकारलाई उदारवादी शैलीमा सचेत गराउनु रहेको उनको भनाइ छ । ‘परम्परागत मिडियाले निकैनै पक्षपाती सामग्री पस्किरहेछन् । निष्पक्षताको वकालत गर्नेहरूकै आवरणमा निष्पक्षता छैन’, उनले भने।

आफूविरूद्धको आवाज र अभिव्यक्ति स्वतन्त्रतामा नियन्त्रणका लागि दक्षिण कोरिया सरकारले मानहानीको मुद्दालाई हतियार बनाएको भन्दै अमेरिकी विदेश मन्त्रालयले समेत चिन्ता व्यक्त गरेको थियो । किमको यस शैलीलाई अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोज्ने नीतिको विरोधका रूपमा पनि कतिपयले बुझेका छन् ।

गत मार्चमा प्रकाशित एक प्रतिवेदनका अनुसार राष्ट्रपति युन सुक युलले अमेरिकी विधायकका सवालमा दिएको अभिव्यक्तिलाई लिएर अमेरिकी विदेश मन्त्रालयले आपत्ति जनाएको खबर एमबीसी च्यानलले प्रशारण गरेको थियो ।

सरकारले त्यस च्यानलविरूद्ध कानुनी कारबाही अघि बढायो । दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले अमेरिकी विदेश मन्त्रालयको आरोपमा कुनै सत्यता नरहेको दाबी गर्‍यो । त्यस प्रकरणलाई लिएर दक्षिण कोरियामा अभिव्यक्ति स्वतन्त्रतामा निकै अंकुश रहेको अमेरिकी धारणाको सरकारले खण्डन समेत गरेको थियो ।

प्रस्तोता किमलाई पनि विभिन्न प्रकरणमा मानहानीको मुद्दा लागेको छ । सरकारका त्यस्ता गतिविधिले उनलाई भने हतोत्साहित गरेको छैन । किमका आलोचकहरूले भने उनले लिबर डेमोक्र्याटिक पार्टीका सवालमा भने उनले आँखा चिम्लने आरोप लगाउँछन् ।

राजनीतिक प्रभाव

किमले अरूले हिँड्न नसकेको बाटोमा साहस देखाएको भन्दै प्रशंसा भइरहेको छ र उनको दर्शक पनि बढिरहेका छन् । हरेक बिहान ७ बजे ५ मिनेटमा आउने शोलाई न्यूनतम १ लाख ६० हजार मानिसले हेर्ने गर्छन् । समसामयिक विषयमा परम्परागत मिडियामा पनि कार्यक्रम छन् । तर त्यहाँ भन्दा युट्युबमा बढी दर्शक झुम्मिछन् । अनलाइन माध्यममा वाक स्वतन्त्रताको दायरा पनि फराकिलो भएकाले धेरै प्रस्तोता विस्तारै यसतर्फ आकर्षित हुन थालेका छन् ।

किमको कार्यक्रम न्युज फ्याक्ट्रीको पुर्नजन्म हो । सरकारसँगको विवादपछि न्युज फ्याक्ट्री कार्यक्रम बन्द भएको थियो र किमले युट्युबमा कार्यक्रम तयार गर्न थाले । दक्षिण कोरियामा युट्युबमा ४ करोड ६० लाख भन्दा बढी दर्शकछन् ।

परम्परागत मिडियाहरूले पनि हाल युट्युबमा कार्यक्रम राखिरहेका छन् । सबै राजनीतिक विचारधाराका कार्यक्रमहरू त्यहाँ छन् । वामपन्थी कार्यक्रम न्युजतपाका सब्सक्राइबर्स १० लाख बढी छन् भने दक्षिणपन्थी धारको कार्यक्रम ट्युबसिन कार्यक्रमका सब्सक्राइबर्स १० लाख ४६ हजार छन् ।

युट्युबको प्रभाव आम निर्वाचनमा पनि देखा परेको थियो । युट्युबको शोमा जानुअघि पिपल पावर पार्टीका यून विपक्षीसँग कडा टक्करमा थिए । तर थ्री प्रो टिभीले लिएको अन्तर्वार्ता युट्युबमार्फत प्रशारण हुँदा उनप्रति असन्तुष्टी व्यक्त गर्ने जमात चर्किँदै गयो र उनी निर्वाचनमा पराजित समेत भए ।

युट्युबका कार्यक्रममा पक्षधरता प्रस्टै छुट्टाउन सकिन्छ । उदाहरणका लागि दक्षिणपन्थी च्यानलले पूर्व राष्ट्रपित पार्की युन हे को पक्षमा भएको र्‍याली कभर गरेका थिए । जबकी उनले भ्रष्टाचार प्रकरणपछि सत्ता छोड्नुपरेको थियो । यता बामपन्थी च्यानलले पनि मोन ज इन ९जो पछि भ्रष्टाचारमा मुछिए० को र्‍यालीलाई कभर गरेको थियो । हालसालै वामपन्थी च्यानलले हालका राष्ट्रपति यूनको निवाससम्म भएको प्रदर्शनको कभरेज गरेका थिए ।

गतवर्ष त राष्ट्रपति युनको पार्टीका एक प्रभावशाली नेताले युट्युबप्रतिनै रोष पोखे। यसको प्रभावलाई उनले खराब प्रभाव भनिदिए।

स्वतन्त्र अभिव्यक्तिको थलो

दक्षिण कोरियामा युट्युब च्यानलनै अभिव्यक्ति स्वतन्त्रताका लागि उपयुक्त थलो बनेका छन् । वाक स्वतन्त्रतताको माध्यम बनेका छन् । प्राध्यापक जुङ जुन हीका अनुसार परम्परागत मिडियाहरूले सरकारको आलोचना गर्नै छोडेका छन् ।

अधिकांश मिडिया दक्षिणपन्थी छन् केही भइहालेमा कानुनी फन्दामा पर्ने चिन्ताले उनीहरू निकै डराउँछन् । ‘राष्ट्रपति कार्यालयमा यून सुक योल आएसँगै मिडियामाथि धेरैनै कानुनी कारबाही भएका छन् । त्यसैले परम्परागत माध्यम निकै डराउँछन्’, प्राध्यापक जुङ भन्छन् ।

परम्पारगत मिडियाले आलोचनात्मक सामग्री पस्किन छोडेपछि उनीहरूले दर्शकको विश्वास गुमाउँदै गएका छन् । सोल विश्वविद्यालयमा आम सञ्चारका प्राध्यापक रिही जुन हुङ भन्छन्, ‘परम्परागत प्रकाशन वा प्रसारण माध्यमलाई त्यागिएको भन्न त मिल्दैन तर ती माध्यमहरूप्रतिको निराशा चुलिँदो अवस्थामा छन् । उनीहरूको पस्किने सामग्रीप्रति पाठक तथा दर्शकको रूचि घट्दै गएको छ।’

न्युज फ्याक्ट्रीमा प्रतिबन्ध

न्युज फ्याक्ट्री कार्यक्रम दक्षिण कोरियाको लोकप्रिय रेडियो कार्यक्रम थियो । सन् २०१६ बाट आएको यस कार्य्रकम सोमबारदेखि शुक्रबारसम्म प्रसारण हुन्थ्यो । त्यहाँ किमले विभिन्न न्युजमेकरका बारेमा टिप्पणी गर्थे । न्युजमेकरहरू राजनीतिज्ञ, प्राध्यापक, कलाकार, वैज्ञानिकदेखि विविध पेश व्यवसायमा संलग्न व्यक्ति हुन्थे ।

यो पनि पढ्नुहोस्

अमेरिकी कंग्रेसको आज देशभर मतदान

अमेरिकी कंग्रेसको आज देशभर मतदान

४ दिन अगाडि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘विश्वको सम्राट बन्न’ चाहेको आरोप

ब्राजिलको राष्ट्रपति निर्वाचनमा धाँधली भएको आशंका

२ हप्ता अगाडि

यो शोले परम्परागत कार्यक्रम शैलीलाई पनि परिवर्तन गरेको थियो । यसमा कुनै पनि समाचार विश्लेषण हुँदैनथे । कार्यक्रममको लोकप्रियता बढ्दै गएपछि राजनीतिज्ञहरूनै यसमा जान थाले । ‘बिहानै त्यसमाथि रेडियोमा जान अल्छी मान्ने राजनीतिज्ञहरूक कार्यक्रमको लोकप्रियता बढेपछि आफैँ धाउन थाले’, प्राध्याक जुङ भन्छन् ।

तर प्रतिपक्षी शैलीले पुरातन दललाई चिढ्यायो । यस कार्यक्रममा पूर्व राष्ट्रपति पार्कबारे खरो सामग्री प्रस्तुत गरिएको थियो । सन् २०२२ मा सत्ता आउनेवित्तिकै पहिलको कामनै यो कार्यक्रम बन्द गराउने भयो । विभिन्न हण्डर ठक्कर खाँदै कार्यक्रम प्रस्तुत गरिरहेका किमको बाचा छ, ‘युट्युबमार्फतनै म अब प्रेसको अवधारणा बदल्छु र राजनीतिक प्रतिशोधले सञ्चारमाध्यममाथिको आक्रमण गलत हो भन्ने सशक्त तथ्य स्थापित गरेरै छोड्छु ।’ सीएनएनको सहयोगमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

एनपीएलमा आज एक खेल मात्र हुँदै

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक