एजेन्सी । युक्रेनी सेनाले रुसका चार सैन्य विमानलाई ध्वस्त बनाइदिएको छ । रुसको सञ्चारमाध्यम कोमरसान्टले रुसका दुई फाइटर जेट र दुई हेलिकोप्टर ध्वस्त भएको जानकारी दिएको हो ।
शनिबार युक्रेनको सीमा क्षेत्र नजिकै रहेको रुसको ब्रायन्स्क क्षेत्रमा युक्रेनी सेनाले क्षेप्यास्त्र प्रहार गरेर सु–३४ फाइटर बम्बर विमान र सु–३५ लडाकु विमानका साथै दुईवटा एमआई– ८ हेलिकोप्टर ध्वस्त बनाएकाे हाे । ती विमानहरू रुसको चर्नहिभ क्षेत्रमा बम र क्षेप्यास्त्र प्रहार गर्न गइरहेका थिए ।
तर, बीचमै युक्रेनी सेनाले क्षेप्यास्त्रले हानेर लडाकु विमान र हेलिकोप्टर खसाइदिएका हुन् । सार्वजनिक भएको भिडियो फुटेजहरूमा रुसका दुई हेलिकोप्टरलाई क्षेप्यास्त्रले हानेर खसाएको प्रस्ट देख्न सकिन्छ । रुसले गतवर्ष युक्रेनमा अक्रमण गर्दा केही दिनमै युक्रेन कब्जा गर्ने अनुमानहरू भएका थिए तर नेटोसहित पश्चिमा राष्ट्रहरूबाट हतियार पाइरहेको युक्रेनले रुसको कडा प्रतिकार गरिरहेको छ । अहिले एक वर्षभन्दा बढी समययता दुवै देशबीच युद्ध जारी छ ।