काठमाडौं / नेकपा एमालेका सचिव एबम् पूर्व उपप्रधानमंत्री टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गरेको छ । रायमाझी काठमाडौंको बुढानिलकण्ठमा पक्राउ परेका हुन् ।
उनीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी हुँदा उनी अर्घाखाँचीमा एक विद्यालयको हिरक महोत्सव उद्घाटन कार्यक्रममा थिए । त्यहाँबाट काठमाडौं हिँडेका रायमाझी फरार भएका थिए ।
रायमााझी भैरहवामा केही समय बसेर काठमाडौं आएको जानकारी प्रहरीले पाईसकेको थियो। भूटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगि गरेको आरोप रायमाझीमाथि दाबी गरिएको छ ।