काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ।
बैठक केहीबेर अगाडिबाट ललितपुरस्थित एमाले मुख्यालयमा सुरु भएकाे हाे।
शुक्रबार दिउँसो ३ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक समय अभावका कारण शनिबारका लागि सारिएकाे हाे।
केन्द्रीय कमिटीको बैठकमा मिसन ग्रासरुट अभियानको प्रदेशतर्फबाट कार्ययोजना प्रस्तुत भएपछि सोही कार्ययोजनाअनुसार स्थायी कमिटी बैठकमा एकीकृत वार्षिक कार्ययोजना बनाउनेबारे छलफल गरिने रिजालले जानकारी दिए।
कार्ययोजना आज दिउँसाे १ बजे बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गरिनेछ। बिहीबारदेखि सुरु भएकाे केन्द्रीय कमिटी बैठक आज सकिँदैछ।