काठमाडौं । ऊँ माता जेनि ट्रष्टले बिहिबार जय महांकाल युवा समुहलाई पचास बोरा चामल सहयोग गरिएको छ ।
भोकालाई भोजन, प्यासीलाई पानी भन्ने नाराका साथ निःशुल्क भोजन गराउँदै अघि बढिरहेको बढिरहेको संस्थालाई चाम हस्तारण गरी सेवा गर्न पाउँदा खुशी लागेको ऊँ माता जेनि ट्रष्टका अध्यक्ष रामकुमार खड्गीले जनाउँदै आगामी दिनमा यस्तै मानवीय सेवामा निरन्तरता जनाउनु भयो ।
बृद्ध, बृद्धा, गरिब, सडक बालबालिका, अपांग अदिको सेवा गर्दै आइरहेको सो संस्थाको निःशुल्क भोजन अभियान ११ सय दिन पुगेको छ ।
सबै नागरिक यस भोक विरुद्ध अभियानमा जुध्न सकेमा कोहि पनि नेपाली नागरिक एक छाक खानबाट बञ्चित हुन नपर्ने जनाउँदै २१ शताब्दी आइपुग्दा नागरिकहरु रोडमा खान बाध्य भएको छ ।
राजनधानी जस्तो ठाउँमा एक खानबाट बन्चित हुनु पर्ने अवस्था सृजना भएको छ भने विकट जिल्लामा के-कस्तो परिस्थिति सृजना भइरहेको अवगत गराउँदै अभियानमा सम्पूर्ण नेपाली जुट्नमा जय महांकाल युवा समुहले अनुरोध समेत गरेका छन् ।