काठमाडाैं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सरकारले चलाएको भ्रष्टाचारविरुद्धको अभियानलाई सबैले समर्थन गर्नुपर्ने जनाएकी छन् ।
बिहीबार सत्तारुढ विद्यार्थी संगठनको प्रदर्शनलाई समर्थन गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चलाएको भष्टचारविरुद्धको अभियानलाई सबैले साथ दिनुपर्ने जनाएकी हुन् ।
अध्यक्ष सिंहले नेपाली जनतामा भ्रष्टाचार गर्ने ठूला दलका नेता राजनीतिक लेनदेनमा लागेको भन्ने जनताको संशयलाई ठीक ढंगले छानबिन गरी कारबाही गर्न खबरदारीस्वरूप प्रदर्शनमा आएको जनाए। उनले निष्पक्ष छानबिन गरी कारबाही नभएसम्म आन्दोलन जारी रहने जनाए ।