काठमाडौं । दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन भएको छ। उनको उपचारका क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा बुधबार राति ८ बजे निधन भएको मुकेश फाउन्डेसनले जनाएको छ।
जनआन्दोलनमा घाइते भएर १७ वर्षदेखि ‘जिउँदो सहिद’ का रूपमा रहेका मुकेशको ३२ वर्षको उमेरमा निधन भएको हो। २०६२ चैत २७ गतेको आन्दोलनमा सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते । गोली मुकेशको कञ्चटमा लागेको थियो। त्यतिबेला उनी १४ वर्षका मात्र थिए।