काठमाडौं । काठमाडौंबाट भोजपुर उडेको नेपाल एयरलाइन्सको ट्विनअटर जहाजमा समस्या देखिएपछि काठमाडौं फिर्ता भएको छ।
ककपिटको दाहिनेतिरको ढोकामा समस्या देखिएपछि काठमाडौं फर्काइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका निर्देशक टेकनाथ सिटौलाले बताए।
आज बिहान ६ बजेर ३३ मिनेटमा काठमाडौंबाट उडेको जहाज ६ माइल टाढा पुगेपछि समस्या देखिएको थियो। जहाजमा १६ जना यात्रु रहेका थिए ।