उदयपुर । जिल्लाको मध्यपहाडी क्षेत्रको उदयपुर गढीगाउँपालिका–७ हाडेबासस्थित किसान चोकबहादुर मगरको फार्ममा आज आगलागी हुँदा कृषि फार्मसहित– ४ गोठ र दुई घर गरी सात घर जलेर नष्ट भएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बिहान ९ बजे विद्युत सर्ट भई आगलागी सुरु भएको हो। आगलागी हुनासाथ प्रहरीको टोली प्रहरी चौकी चुहाडे, उदयपुरगढी प्रहरी चौकीसहित स्थानीयले आगलागी नियन्त्रणमा लिएको प्रहरी प्रमुख ज्ञानेन्द्रकुमार फुँयालले बताए। रासस