बिहि, असार ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेप्सेमा सामान्य गिरावट

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से २.४३ अंकले वृद्धि हुँदा १८४१.९३ अंकमा बन्द भएको छ । आइतबार र सोमबार लगातार दुई कारोबार दिन दोहोरो अंकले गिरावट भएको बजार परिसूचक नेप्से मंगलबार भने दोहारो अंकले नै बढेको थियो । तर, बुधबार पुनः नेप्सेमा गिरावट भएको छ ।

बुधबार बजारलाई लिड गर्ने बैंकिङ, विकास बैंक सहित होटल तथा पर्यटन, लगानी, जीवन बीमा लगायतका उपसूचकमा गिरावट भएको छ । वित्त कम्पनी, हाइड्रोपावर उत्पादनमूलक लगायतका उपसूचक भने बढेको छ । उत्पादनमूलक उपसूचक सर्वाधिक ०.६ प्रतिशतले वृद्धि हुँदा अन्य उपसूचक सबैभन्दा धेरै ०.७९ प्रतिशतले गिरावट भएको छ । नेप्सेमा सामान्य गिरावट हुँदा कारोबार रकम पनि घटेको छ । सोमबार ८२ करोड र मंगलबार ७७ करोडको कारोबार भएको बजारमा बुधबार कारोबार रकम ५९ करोडमा सीमित भएको छ ।

आर्थिक मन्दीको प्रभावले लगानी गर्न तयार लगानीकर्ता पनि पर्ख र हेरको अवस्थामा हुँदा नेप्सेमा कारोबार रकम घट्दै गएको बजारका जानकारहरु बताउँछन् । बुधबार नेप्सेमा १६ हजार १०० वटा कारोबारमा १९ लाख ४२ हजार ६२६ कित्ता सुचिकृत धितोपत्र कारोबार हुँदा ५८ करोड ९१ लाखको कारोबार भएको हो । जसमध्ये हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक ३ करोड ५६ लाखको कारोबार हुँदा नबिल बैंकको ३ करोड ५४ लाख र शिवम् सिमेन्टको ३ करोड २९ लाखको कारोबार भएको छ । बुधबार नेप्सेमा कुल २१६ सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा ८८ कम्पनीको सेयरमूल्य बढेको छ ।

यस्तै ११३ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा १५ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । बुधबार कारोबार भएकामध्ये हिमाल दोलखा हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ८.२४ प्रतिशतले वृद्धि हुँदा बाराही हाइड्रोपावरको सेयरमूल्य ५.८७ प्रतिशत र आत्मनिर्भर लघुवित्तको सेयरमूल्य ४.०२ प्रतिशतले वृद्धि भएको छ । यता ९.५ प्रतिशत एनसीसी ऋणपत्र २०८८ को मूल्य प्रतिकित्ता ७.२४ प्रतिशतले गिरावट हुँदा मन्दाकिनी हाइड्रोपावरको सेयरमूल्य ५.४७ प्रतिशत र जल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य ५.३६ प्रतिशतले गिरावट भएको छ ।

यो पनि पढ्नुहोस्

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

८ घण्टा अगाडि
विश्वकपकाे पहिलाे खेलमा जोर्डन पराजित

विश्वकपकाे पहिलाे खेलमा जोर्डन पराजित

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेप्से परिसूचक घट्याे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

विश्वकपमा फ्रान्सकाे विजयी सुरुआत

इरानले खेल समाप्त हुनेबित्तिकै अमेरिका छाड्नुपर्ने

४५ अर्ब रुपैयाँ निक्षेप सङ्कलन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक