काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाउने र अन्य भ्रष्टाचारमा संलग्नलाई कारबाहीको माग गर्दै वृहत् नागरिक आन्दोलनले काठमाडौंमा आज प्रदर्शन गरेको छ ।
नेपालीलाई भुटानी शरणार्थी बनाउँदै ठग्नु र मानव तस्करी गर्नु संगठित अपराध भएको भन्दै आन्दोलनले संलग्न दोषीहरूलाई छानबिन गरी कारबाही गर्न माग गरेको हो ।
प्रदर्शनमा सहभागीहरुले नक्कली भुटानी शरणार्थी बनाउने काममा संलग्न भएकालाई पक्राउ गरी प्रहरीले राम्रो काम गरेको भन्दै यसलाई टुंगोमा पुर्याउन पनि माग गरेका छन् ।