काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिन र अनुसन्धानलाई पार्टीले पूर्णरूपमा सहयोग गर्नुपर्ने जनाएका छन् ।
कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि छानबिनमा कोही कसैले प्रभावित गर्न नहुने उनको भनाई छ । पौडेलले फेसबुकमा लेखेका छन्, ‘प्रकरणमा संलग्न जो कोहीलाई ढाकछोप गर्न वा चोख्याउने काम नहोस् । को कुन पार्टीमा छ, कोसँग कसको के सम्बन्ध छ भन्ने कुनै पनि नातावाद र कृपावादमा नपरी छानबिन होस् ।’
अत्यन्तै गम्भीर भएर छानबिन गरी दोषी सबैलाई कानूनी कठघरामा ल्याउन सरकारसँग उनको माग छ । ‘अनुसन्धान प्रकियामा निष्पक्ष भएर दृढतापूर्वक सरकार अगाडि बढोस्’, उनले भनेका छन् ।