काठमाडौं । ॐ माता मनकामना जेनि ट्रस्टले दृष्टिबिहिन आमा तथा बृद्वा आश्रम आमाघर, सुन्दरीजललाई २८ बोरा चामल तथा फलफुल वितरण बैशाख २६ गते मंगलबार गरेका छन् ।
दृष्टिबिहिन आमा तथा बृद्वा आश्रम आमाघरका अध्यक्ष टेक बहादुर मगरले कुनै पनि काम गर्दै जादा गल्ती नहुने भन्ने हुँदैन तर सामाजिक सञ्चाजल टिकटकमा ॐ माता मनकामना जेनि ट्रस्टकाे हुँदै नभएको कुरा गलत भ्रामक कुराको प्रचार गरिरहेको कारण सम्पूर्ण भक्तजनहरूलाई मिडियापछि नलाग्न अनुरोध गरेका छन् ।
दृष्टिबिहिनमात्रै नभई अपांग भएका, बृद्धबृद्वा, आमाहरु मेन्टल दिअडर भएका तथा जन्मिदा सात आठ महिनामा अपांग हुनु भएकाहरुलाई लालन पालन व्यवस्था गरिएको सो संस्थालाई माग बमोजिम आगामी दिनमा कापी, कलम वितरण गरिने भएकाे छ ।
यस भन्दा अगाडि दृष्टिबिहिन आमा तथा बृद्वा आश्रम दृष्टिबिहिन आमाघरलाई नयाँ टहरा बनाउन ५ हजार आर्थिक सहयोग तथा १३ बोरा चामल हस्तातरण ॐ माता मनकामना जेनि ट्रस्टले सहयोग हस्तातरण गरिएको थियो ।