बिहि, असार ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home वाणिज्य

हिमाल आरोहीबाट उठ्यो ७४ करोड राजस्व

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
हिमाल आरोहीबाट उठ्यो ७४ करोड राजस्व
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार हिमाल आरोहण अनुमतिबाट हालसम्म ७४ करोड ६ लाख रूपैयाँ राजस्व सङ्कलन भएको छ।

सगरमाथाबाट मात्रै ६५ करोड ५ लाख राजस्व जम्मा भएको छ। सगरमाथापछि सबैभन्दा धेरै ल्होत्से हिमालबाट २ करोड ८३ लाख र मकालु हिमालबाट १ करोड ३६ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ।

पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाले यस याममा सगरमाथा आरोहण इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएको र आरोहीको सङ्ख्या बढेसँगै राजस्व सङ्कलन पनि बढेको बताए।

वसन्त यामको सगरमाथालगायत हिमाल आरोहणका लागि नेपालसहित ८० देशका आरोहीले विभागबाट अनुमति लिएका छन्। सगरमाथा आरोहणका लागि मात्रै नेपालसहित ६५ देशका आरोहीले अनुमति पाएका छन्।

नेपालमा ८ हजार मिटरभन्दा अग्ला ८ वटा हिमाल छन्।

सगरमाथा आरोहण गर्ने ४६७ जना

पर्यटन विभागको विवरणमा यही वैशाख २५ सम्म वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका ४६७ आरोहीले अनुमति लिएका छन्।

यस याममा सगरमाथा आरोहण अनुमति लिने आरोही लगभग सबै आइसकेका र बुधबारसम्म केही अनुमति लिने प्रक्रियामा रहेका शाखा अधिकृत कोइरालाले जानकारी दिए। अनुमति लिएका आरोही अहिले सगरमाथाको आधारशिविर र दोस्रो शिविरमा आरोहणको प्रतीक्षामा छन्।

सगरमाथाको साउथ कोल (चौथो शिविर)सम्म सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले बाटो बनाइसकेका छन्। सगरमाथाको चुचुरोमा डोरी टाँगेपछि आरोहण सुरु हुन्छ।

यही वैशाख १० गते नै सगरमाथाको चौथो शिविरसम्म बाटो खुलाइए पनि प्रतिकूल मौसमका कारण आइसफल डाक्टरले चुचुरोसम्म बाटो पुर्‍याउन कठिन भइरहेको छ। उनीहरु एक साताभन्दा बढीसमयदेखि आधारशिविरमा छन्।

सगरमाथाको ७ हजार ५ सय मिटरमाथिको क्षेत्रमा तीव्र वेगमा हावा चलिरहेकाले आरोहणलाई निरन्तरता दिन नसकिएको सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको ‘इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनी’ले जनाएको छ।

सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)ले बाटो बनाएको थियो। सगरमाथाको साउथ कोलसम्म यही वैशाख १० गते नै बाटो खुलिसकेको थियो।

वसन्त ऋतुको आरोहणका लागि सगरमाथासहितका विभिन्न हिमालचुली आरोहणका १२६ आरोही समूहका २५४ महिला र ८६९ पुरुष गरी कूल १ हजार १२३ आरोहीले अनुमति लिएको विभागले जनाएको छ।

यो पनि पढ्नुहोस्

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

८ घण्टा अगाडि
विश्वकपकाे पहिलाे खेलमा जोर्डन पराजित

विश्वकपकाे पहिलाे खेलमा जोर्डन पराजित

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेप्से परिसूचक घट्याे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

विश्वकपमा फ्रान्सकाे विजयी सुरुआत

इरानले खेल समाप्त हुनेबित्तिकै अमेरिका छाड्नुपर्ने

४५ अर्ब रुपैयाँ निक्षेप सङ्कलन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक