काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले सरकार जोखिमपूर्ण अवस्थामा रहेको जनाएका छन् ।
आज पार्टी निकट महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जनाएका हुन् । सांसद जबराले देश कुनैपनि बेला दुर्घटनामा जानसक्ने जिकिर गरे । उनले देश राम्रोसँग सञ्चालन भइरहेको छ भनेर ढुक्क हुने अवस्था नरहेको बताए । उनले राष्ट्रिय प्रजातन्त्र पार्टी राजेन्द्र लिङदेनको अध्यक्षतामा रहेर जस्तोसुकै परिस्थितिको सामना गर्न सक्षम रहेको उल्लेख गरे । सांसद जबराले नेपालमाथि आइपर्ने समस्याको सामना गर्न राप्रपा तयार रहेको बताए ।