काठमाडौं । नयाँ फिल्म ल्याउने योजना बनाइरहेका बलिउडका लोकप्रिय अभिनेता आमिर खान १० दिनका लागि काठमाडौं आएका छन् ।
अभिनेता खान काठमाडौंको बूढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा १० दिन ध्यानमा बस्ने उद्देश्यले आएका हुन् । आइतबार बिहान १० बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका खानलाई पूर्व अर्थ राज्यमन्त्री एवं व्यवसायी रुप ज्योतिले स्वागत गरेका थिए ।
रुप ज्योति हाल विपस्यना ध्यान केन्द्रका केन्द्राचार्य पनि हुन् । ज्योतिले अभिनेता खान ध्यानका लागि नेपाल आउनु भएको जानकारी दिदै उनको अन्य कार्यक्रम भने नरहेको बताए । खानलाई विमानस्थलबाट सोझै बूढानीलकण्ठ लगिएको थियो ।