काठमाडौं– सत्ता गठबन्धनको दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा सङ्लग्न दोषीलाई कारबाही गर्न सरकारले खुट्टा कमाउनु नहुने जनाएका छन्।
विराटनगर विमानस्थलमा आज (आइतबार) सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले यसमा सहभागी साना–ठूला सबैलाई कारबाही गर्नुपर्ने जनाए ।
पूर्वप्रधानमन्त्री नेपालले भने, ‘सरकारले घटनामा संलग्न दोषीलाई बचाउन आउने उच्च दबाबसामू कुनै पनि हालतमा झुक्नु हुँदैन।’
बदमासी गर्ने जोसुकै भए पनि तिनीहरुलाई कानुनको दायरामा ल्याएर सजायको भागिदार बनाउनुपर्ने नेपालको भनाइ थियो।