शुक्र, जेष्ठ १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

टोपबहादुर रायमाझीमाथि नक्कली शरणार्थी प्रकरणमा पक्राउ पूर्जी जारी भएपछि दवावमा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
टोपबहादुर रायमाझीमाथि नक्कली शरणार्थी प्रकरणमा पक्राउ पूर्जी जारी भएपछि दवावमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पार्टी सचिव टोपबहादुर रायमाझीमाथि नक्कली शरणार्थी प्रकरणमा पक्राउ पूर्जी जारी भएपछि दवावमा परेको छ प्रमुख प्रतिपक्षी दल नेकपा एमाले । यसै विषयलाई केन्द्रमा राखेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुईपटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटिसकेका छन् ।

एमाले–माओवादी गठजोड टुटेदेखि चिसो सम्बन्धमा रहेका दुई नेताबीच लामो ग्यापपछि गत बिहीबार सिंहदरबारमा वान टु वान भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा कुराकानी नटुंगिएकाले प्रचण्डको बोलावटमा ओली हिजो फेरि सिंहदरबारमा छिरेका थिए । भेटवार्तामा भएको कुराकानीका विषयमा दुवै नेताहरुले खुलेर बताएका छैनन् ।

प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताको भेटघाट नौलो कुरा होइन । तर, अहिलेको ‘टाइमिङ’ का कारण विभिन्न अड्कलवाजीहरु भइरहेका छन् ।

उच्चपदस्थ र जिम्मेवार नेताहरु नै मुछिन थालेपछि कतै उनीहरुलाई जोगाउनका लागि दुई नेताबीच ‘सेटिङ’ हुन लागेको त होइन भन्ने प्रश्न जनमानसमा उठिरहेको छ ।

एमाले स्रोतका अनुसार प्रधानमन्त्री र अध्यक्षको भेट शरणार्थी प्रकरणका विषयमा मात्रै केन्द्रित थिएन । संसदमा विचाराधीन सत्यनिरुपण र संवैधानिक परिषदसम्वन्धी दुई विधेयकबारे नेताद्वयबीच मन्थन भएको थियो । यस्तै कोही प्रदेशको नामाकरणलाई लिएर उत्पन्न गरिएको अराजकतालाई लिएर ओलीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

सो प्रदेशका विभिन्न स्थानमा आफूमाथि आक्रमण प्रयास हुँदा सुरक्षा निकाय संवेदनशील नदेखिएको गुनासो उनले गरेको स्रोतले बतायो ।

नक्कली नागरिकताको पेचिलो प्रकरणमा पनि नेताद्वयबीच छलफल भएको थियो । एमाले अध्यक्ष ओलीले निष्पक्ष अनुसन्धान भइहरेकोमा आशंका व्यक्त गरेका थिए । पक्राउ परेका सानु भण्डारीको बयान रोकेर उनले नाम लिएका व्यक्तिहरुलाई जोगाउन प्रयास भएको ओलीको दाबी थियो ।

भण्डारीले बालकृष्ण खाँड, उनकी पत्नी मञ्जु, रामहरी खतिवडा र दिपेश पुन (पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनको छोरा) को समेत नाम लिएको जानकारी आफूलाई प्रहरी र सरकारी वकिलबाट आएको प्रचण्डलाई सुनाएका थिए ।

त्यसपछि प्रचण्डले यी चारै जनाको संलग्नातका सम्वन्धमा विस्तृत जानकारी लिएर उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बालकोटमै पठाउने बताएको बुझिएको छ । ओली र श्रेष्ठको भेटका लागि हिजो बेलुका साढे ६ बजेको समयसमेत तय भएको थियो । तर, भेट भए/नभएको बारे स्रोतले अनभिज्ञता दर्शायो ।

यसैबीच, ओलीले हिजो पार्टीका महासचिव र दुई उपमहासचिवसँग छलफल गरेका छन् । आगामी २९ गते सुरु हुने पार्टी केन्द्रीय समिति वैठकको गृहकार्यका लागि आफ्नै निवास बालकोटमा उनले सो अनौपचारिक वैठक डाकेका थिए । वैठकमा शरणार्थी प्रकरणका विषयमा पनि विमर्श भएको थियो ।

महासचिव शंकर पोखरेल तथा उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमालसहितको छलफलमा ओलीले वैठकमा राज्यले गर्ने कुनै पनि कानूसम्मत अनुसन्धानमा पार्टीको पूर्ण सहयोग गर्ने निस्कर्ष निकालिएको थियो ।

तर, दिँदादिँदैको बयान रोकेर फरक बयानमा हस्ताक्षर गराएको सम्वन्धमा यथार्थ बाहिर आउनुपर्नेमा नेताहरुले जोड दिएका छन् । साथै, पार्टी सचिव रायमाझीले चाँडो प्रहरीको सम्पर्कमा आएर राज्यको अनुसन्धानलाई सघाउनुपर्ने निस्कर्ष पनि निकालिएको छ ।

यो पनि पढ्नुहोस्

बाबुराम भट्टराई सहभागी कार्यक्रममा लफडा

बाबुराम भट्टराई सहभागी कार्यक्रममा लफडा

२ घण्टा अगाडि
अत्तरियामा बेहोस अवस्थामा भेटिएका युवकको मृत्यु

अत्तरियामा बेहोस अवस्थामा भेटिएका युवकको मृत्यु

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

नेपाललाई हिन्दुराष्ट् बनाउने भारतको कसरत

आज चार समितिकाे बैठक बस्दै

सांसदहरुलाई फेरि बजेट ? अदालतको अवहेलना हो कि हैन ?

सुनको मूल्य वृद्धि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक