शुक्र, जेष्ठ १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home पैसा

नेपालमा खाद्य असुरक्षा र जलवायु परिवर्तनका असर बढ्दोः आइएमएफ

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपालमा खाद्य असुरक्षा र जलवायु परिवर्तनका असर बढ्दोः आइएमएफ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ – अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले नेपाल कन्ट्री रिपोर्ट (मे २०२३) सार्वजनिक गर्दै खाद्य असुरक्षा र जलवायु परिवर्तनको असर बढ्दै गएको जनाएको छ। आइएमएफले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले नेपालमा गरिबी र खाद्य सुरक्षालाई रेमिट्यान्सले केही हदसम्म भरथेग गरेको तथा जलवायु परिवर्तनको असर व्यवस्थापनमा उल्लेख्य प्रगति हुन नसकेको उल्लेख गरेको छ।

खाद्य असुरक्षाबाट नेपालको एक तिहाइ जनसङ्ख्या प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ। विश्व खाद्य कार्यक्रमलाई उद्धृत गर्दै आइएमएफले नेपालको १८ प्रतिशत जनसङ्ख्याले पर्याप्त पोषणयुक्त खाना नपाएकोसमेत उल्लेख गरेको छ। खाद्य असुरक्षाको असर औसत आयु, बालबालिकाको शारीरिक तथा वौद्धिक विकास, पूँजी निर्माणलगायत क्षेत्रमा देखिन्छ।

नेपालले भारत, मलेसिया तथा खाडी मुलुकबाट रेमिट्यान्स प्राप्त गरेर अर्थतन्त्र धानिरहँदा अवस्थामा ती देशका मजदुर कानुन, अद्यागमन कानुन तथा विश्वव्यापीरुपमा देखिएको आर्थिक मन्दिको असर पनि यसमा देखिएको आइएमएफले जनाएको छ। विदेशबाट रेमिट्यान्स पाउने परिवारमा तथ्याङ्क हेर्दा सन् २०२२ अक्टोबरसम्ममा करिब २८ प्रतिशत परिवारले न्यून रेमिट्यान्स पाइरहेको आइएमएफ कन्ट्री रिपोर्टमा उल्लेख छ।

त्यस्तै, जलवायु परिवर्तनका असरले नेपालको आर्थिक विकासमा असर पारिरहेको आइएमएफले जनाएको छ। ‘पछिल्लो एक दशक अवधिमा नेपालमा शून्य दशमलव ६ डिग्रीले तापक्रम बढेको छ। मौसम पूर्वानुमान कठिनाइ छ। बाढी, पहिरोजस्ता समस्याले पूर्वाधार, कनेक्टिभिटीलगायतमा असर पुर्‍याएको छ,’ प्रतिवेदनमा भनिएको छ।

कोभिड–१९ महामारी र रुस–युक्रेन तनावपछि विश्वव्यापी अर्थतन्त्रमा देखिएको असरका कारण सरकारी लगानी रहेका नेपालका सार्वजनिक संस्थानको वित्तीय अवस्थामा बिग्रिएको छ। जसका कारण सरकारको बजेटमा र वित्तीय अवस्थामा पनि असर परेको प्रतिवेदनमा जनाइएको छ।

नेपालको दूरसञ्चार क्षेत्र र विद्युत् क्षेत्रमा नियामक निकाय स्थापना भएका भए पनि नागरिक उड्डयन प्राधिकरणले आफै नियामकका रुपमा पनि काम गरिरहेको छ। यसलाई सुधार गरिनुपर्ने विषयका रुपमा आइएमएफले औँल्याएको छ। त्यस्तै, सरकारी वित्तीय संस्थाले अरु निजी क्षेत्रका वित्तीय संस्थासँग चर्को प्रतिस्पर्धा गर्नुपरेको छ। वस्तु व्यापारमा एकाधिकार भएका नेपाल आयल निगमजस्ता सार्वजनिक संस्थानबाट सरकारले पाउने राजस्व पछिल्ला वर्षमा घट्दै गएको छ। नेपाल आयल नियमले सन् २०२१/२२ मा व्यहोरेको घाटाका कारण नेपालको जीडीपी वृद्धिदरमा एक प्रतिशतले घटेको आइएमएफको प्रतिवेदनमा उल्लेख छ।

कोभिड महामारीयता सार्वजनिक संस्थानबाट सरकारले प्राप्त गर्ने राजस्व घटेको छ। आर्थिक वर्ष २०१८/१९ मा रू सात अर्ब ६४ करोड ३० लाख बराबर आयकर तिरेका सार्वजनिक संस्थानले सन् २०१९/२० मा यस्तो आयकर रू ११ अर्ब दुई करोड ५० लाख पुगेको तर कोभिड महामारीपछि सार्वजनिक संस्थानबाट सरकारले प्राप्त गरेको आयकर सन् २०२०/२१ मा रू पाँच अर्ब ५२ करोड ६० लाख र २०२१/२२ मा रू छ अर्ब ३४ करोड ६० लाखमा खुम्चिएको देखिन्छ।

त्यस्तै, सार्वजनिक संस्थानबाट सरकारले पाएको मुनाफा सन् २०१८/१९ मा रू नौ अर्ब ४७ करोड १० लाख र सन् २०१९/२० मा रू १४ अर्ब १० करोड पुगेको थियो। तर, महामारी पछि सन् २०२०/२१ मा मुनाफा रू छ अर्ब ७२ करोड १० लाख र सन् २०२१/२२ मा रू चार अर्ब २४ करोड ४० लाखमा खुम्चिएको देखिन्छ।

यसरी पछिल्ला वर्षमा सार्वजनिक संस्थाले तिरेको आयकर र नाफा घट्दा ती क्षेत्रले मुलुकको कूल गार्हस्थ्य उत्पादनमा गरिरहेको योगदानको अंश पनि घट्दै गएको छ। आइएमएफको रिपोर्टअनुसार सार्वजनिक संस्थानले तिरेको आयकरले जिडीपीमा गरेको योगदान हेर्दा सन् २०१८/१९ मा शून्य दशमलव २०, सन् २०१९/२० मा शून्य दशमलव २८ प्रतिशत बराबर थियो। तर, सन् २०२०/२१ र सन् २०२१/२२ मा त्यो घटेर शून्य दशमलव १३ प्रतिशतमा खुम्चिएको छ।

त्यस्तै, जिडीपीमा सार्वजनिक संस्थानको लाभांशको हिस्सा पनि क्रमशः घट्दै गएको छ। सन् २०१८/१९ मा शून्य दशमलव २५ प्रतिशत र सन् २०१९/२० मा शून्य दशमलव ३६ प्रतिशत बराबर रहेको यस्तो हिस्सा सन् २०२०/२१ मा शून्य दशमलव १६ प्रतिशत र सन् २०२१/२२ मा शून्य दशमलव ०९ प्रतिशतमा झरेको छ।

नेपालमा हाल सरकारी लगानीका ४२ वटा सार्वजनिक संस्थान छन्। जसमध्ये १० वटा औद्योगिक क्षेत्रका, चारवटा व्यापार क्षेत्रका, नौवटा सेवा क्षेत्रका, पाँचवटा सामाजिक क्षेत्रका, पाँच वटा उपयोगिताका र नौवटा वित्तीय क्षेत्रका सार्वजनिक संस्थान छन्। यी सार्वजनिक संस्थानको पूँजी नेपालको कूल गार्हस्थ्य उत्पादनको ५१ प्रतिशत र दायित्व ३३ प्रतिशत बराबर छ।

नेपाल विद्युत् प्राधिकरण, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी, नेपाल आयल निगम, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, नेपाल वायुसेवा निगम र नागरिक लगानी कोषले मात्र सार्वजनिक संस्थाका ९४ प्रतिशत पूँजी रहेको छ। – रासस

यो पनि पढ्नुहोस्

सुनको मूल्य तोलामा ६०० रुपैयाँले घट्यो

सुन तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम

३ दिन अगाडि
यस्ताे छ विनिमय दर

आज  अमेरिकी डलरको भाउ बढ्याे

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

नेपाललाई हिन्दुराष्ट् बनाउने भारतको कसरत

सुनको मूल्य वृद्धि

देश नै रित्तिने गरी युवाहरू विदेश पलायन तीव्र !

चलचित्र ‘के घर के डेरा : घर नं २’ को ट्रेलर ट्रेन्डिङको ५ नम्बरमा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक