शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार विश्व

बेलायती राजाको राज्याभिषेकमा २ हजार पाहुना

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
बेलायती राजाको राज्याभिषेकमा २ हजार पाहुना
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहले विश्वको ध्यान लन्डनतिर खिचिएको छ । यही ६ मे शनिबार राजा चार्ल्सको रानी (क्विन कन्सोर्ट) क्यामिलाका साथ लन्डनस्थित एक प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर आबीमा राज्याभिषेक हुने तयारी छ ।

बेलायतमा ९ सय वर्षदेखि वेस्टमिन्स्टर आबीमा राजाहरूको राज्याभिषेक हुने गरेको छ । उक्त गिर्जाघरमा राज्याभिषेक हुने चार्ल्स ४० औं राजा हुनेछन् । राजा चार्ल्सले राजमुकुटसमेत पहिरिने उक्त समारोहमा विश्व नेताहरू, राजपरिवार सदस्य, सेलिब्रेटी, स्वयंसेवक, सशस्त्र फौजलगायत झन्डै दुई हजार पाहुना सहभागी हुने अपेक्षा छ ।

टेलिभिजनमार्फत संसारभरिका करोडौं मानिसले प्रत्यक्ष हेर्ने अपेक्षा गरिएको एउटा बृहत् समारोहमा आर्चबिशप अफ क्यान्टरबरीले राजा चार्ल्सलाई श्रीपेच पहिर्‍याउनेछन् । २.२३ किलो तौलको सुन र हीरा जवाहरात जडित उक्त श्रीपेच राजाहरूले राज्याभिषेकको बेला मात्रै पहिरन्छन् ।

राजाले यस समारोह सन् १९५३ मा भएको आफ्नी आमाको राज्याभिषेकको तुलनामा सानो, छोटो र विविधतायुक्त होस् भन्ने चाहेको बीबीसीले जनाएको छ ।

बेलायतको इतिहासमै सबैभन्दा बढी ७ दशकसम्म शासन गरेकी महारानी एलिजाबेथ द्वितीयको गत सेप्टेम्बरमा निधन भएपछि ७३ वर्षको उमेरमा राज्यारोहण गरेका चार्ल्स संसारमै सबैभन्दा बढी उमेरका राजा हुन् । उनी अहिले १५ वटा कमनवेल्थ मुलुकका प्रमुख पनि छन् ।

उनी १४ नोभेम्बर १९४८ मा बकिङघम राजदरबारमा जन्मेका हुन् । उनकी आमा रानी एलिजाबेथ द्वितीयले गद्दी आरोहण गर्दा उनी चार वर्षका थिए । उनले लन्डन र स्कटल्यान्डमा अध्ययन गरेका थिए । २० वर्षको हुँदा उनलाई ‘प्रिन्स अफ वेल्स’ घोषणा गरिएको थियो ।

उनले २९ जुलाई १९८१ मा लेडी डायना स्पेन्सरसँग बिहे गरेका थिए । उनीहरूका दुई सन्तान छन्– युवराज विलियम र राजकुमार ह्यारी । उनीहरूबीचको वैवाहिक सम्बन्ध सुमधुर रहेन । सन् १९९६ मा अलगअलग बस्न थाले । ३१ अगस्ट १९९७ मा पेरिसमा एउटा कार दुर्घटनामा लेडी डायनाको निधन भयो ।

चार्ल्सले सन् २००५ मा क्यामिला पार्करसँग विधिवत् बिहे गरे । राजा चार्ल्सले गत सेप्टेम्बरमा शपथ लिँदै गर्दा आफ्नी आमाको उदाहरण पछ्याउने प्रतिबद्धता गर्दै भनेका थिए, ‘अवधि, प्रतिबद्धता र समर्पणको हिसाबले उहाँको शासनसँग अरू कसैको तुलना हुन सक्दैन ।’

बेलायत र नेपालबीच सदियौं लामो मैत्रीपूर्ण तथा आत्मीय सम्बन्ध छ । बेलायती महारानी एलिजाबेथ द्वितीयाले नेपालमा दुई ऐतिहासिक राजकीय भ्रमण गरेकी थिइन् । राजाको राज्याभिषेकमा नेपाली समुदाय पनि उत्साहित छ । बेलायतको लेस्टरका नेपालीले राज्याभिषेकलाई विशेष अवसरका रूपमा मनाउने भएका छन् ।

सृजनशील लेस्टर नेपाल यूकेले बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेकका अवसरमा एक विशेष समारोह गर्ने भएको हो । संस्थाले राजाको दीर्घजीवन र सफल राजसिंहासनको कामना गर्न ८ मे सोमबार एक कार्यक्रम तय गरेको अध्यक्ष नारायण फुँयालले जनाए ।

बेलायती राजसंस्थाको नेपाल सम्बन्ध पनि प्रगाढ छ । राजपरिवारले गोर्खाहरूलाई अति विश्वास गर्छन् भने उनीहरूका कैयौं नेपाल भ्रमणसमेत भएका छन् । राजा चार्ल्सले युवराज हुँदा राजकीय तथा च्यारिटी गरी ५ पटक नेपाल भ्रमण गरेका थिए । उनले पदयात्रा गरेको पोखरानजिक अन्नपूर्ण हिमालयज मार्गलाई अहिले ‘द रोयल रुट’ नामकरण पनि गरिएको छ । द रोयल गोर्खा राइफल्सका सदस्यहरू राज्याभिषेकमा परेडका लागि अहिले अभ्यास गरिरहेका छन् ।

ब्रिटिस आर्मीको फस्ट रोयल गोर्खा राइफल्स् (वानआरजीआर) मा १३ वर्ष सेवा गरेर अवकाश लिएका एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले बेलायती राजसंस्थाप्रति बेग्लै झुकाव र सम्मान रहेको बताए । गाहामगरले स्वर्गीय महारानी एलिजाबेथसहित राजपरिवार सदस्यहरूसँग निकट हुने मौका पाएका थिए । सन् २००१ मेतिर स्कटिस युनिट रोयल हाइल्यान्डरमा काम गर्थे उनी ।

प्रत्येक २५ वर्षमा हुने हाइल्यान्डर परेडमा प्रिन्स चार्ल्स र प्रिन्स फिलिपलाई भेट्न पाएका थिए गाहामगरले । बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदी बेलायतले भारतमा शासन गर्दाकै समयदेखि बेलायती राजपरिवार सदस्यहरूले सिकार गर्न होस् वा अन्य प्रयोजनका लागि नेपाल भ्रमण गरेको बताउँछन् । ‘त्यसैले बेलायती राजसंस्थाको नेपालप्रति विशेष लगाव र श्रद्धा विभिन्न रूपमा व्यक्त हुँदै आएको छ,’ सुवेदीले भने ।

सुवेदीको बुझाइमा चार्ल्स एक भद्र र शालीन राजा हुन्, जसले समाज कल्याणमा ठूलो योगदान दिएका छन् । नेपालप्रति विशेष सद्भाव राख्ने राजा चार्ल्स तृतीयको राज्याभिषेक सफल रहोस् भन्ने पनि उनको शुभकामना छ ।

संसारमा बदलिँदै गरेको वातावरणीय प्रभावबारे युवराज छँदादेखि नै विशेष चासो राख्दै आएका राजा चार्ल्स तृतीयले नेपालजस्तो मुलुकमा वातावरणीय प्रभावले धेरै असर गर्न सक्ने भएकाले पनि नेपालप्रति विशेष चासो र माया व्यक्त गरेका छन् । नेपाल भ्रमण गरेर नेपालको सुन्दरता र पर्यावरणबाट आफूमा दीर्घकालीन प्रभाव परेको उनले बताएका थिए ।

नेपालका परराष्ट्रमन्त्री एनपी साउद बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन बिहीबार राति लन्डन आइपुगेका छन् । मन्त्री साउद वेस्टमिनिस्टर आबीमा राज्याभिषेक समारोह र बकिङघम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ । परराष्ट्रमन्त्री साउद यही वैशाख २६ मा स्वदेश फर्कने तालिका छ । बेलायतमा ७० वर्षपछि हुन लागेको राज्याभिषेक समारोहप्रति सकारात्मक र नकारात्मक दुवैखाले धारणा सार्वजनिक भएका छन् ।

हालै गरिएको ‘यूगभ’ को सर्वेक्षणमा ५२ प्रतिशत लन्डनवासीले करदाताले तिरेको पैसाबाट समारोह गर्न आवश्यक नभएको बताएका थिए । महँगीका कारण जनता आजित भइरहँदा कतिपयलाई यो समारोहप्रति चासो पनि छैन । बेलायतको द डिपार्टमेन्ट फर डिजिटल, कल्चर, मिडिया एन्ड स्पोर्टसले इभेन्ट नभएसम्म खर्च कति हुन्छ अहिल्यै भन्न नसकिने जनाएको छ तर अखबारहरूले कम्तीमा १ सय मिलियन पाउन्ड खर्च हुने उल्लेख गरेका छन् ।

यो पनि पढ्नुहोस्

अमेरिकी कंग्रेसको आज देशभर मतदान

अमेरिकी कंग्रेसको आज देशभर मतदान

४ दिन अगाडि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘विश्वको सम्राट बन्न’ चाहेको आरोप

ब्राजिलको राष्ट्रपति निर्वाचनमा धाँधली भएको आशंका

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

नयाँ बजार धिमे बाजा खलकाे प्रशिक्षण सम्पन्न

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक