बिहि, असार २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नर्भिकमा फरक ब्लड ग्रुपबाट प्राप्त मृगौलाको जटिल मानिने सफल प्रत्यारोपण

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
नर्भिकमा फरक ब्लड ग्रुपबाट प्राप्त मृगौलाको जटिल मानिने सफल प्रत्यारोपण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  मृगौला प्रत्यारोपण सुरु भएको छोटो समयमै थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलका चिकित्सकहरुले निकै जटिल र दुर्लभ मानिएको एबीओ इन्कम्प्याटिभल रेनल ट्रान्सप्लान्टमा सफलता प्राप्त गरेका छन् ।

फरक ब्लडग्रुपको व्यक्तिलाई फरक ब्लड ग्रुपको व्यक्तिबाट प्राप्त मृगौला ट्रान्सप्लान्ट गर्ने जटिल विधि नै एबीओ इन्कम्प्याटिभल रेनल ट्रान्सप्लान्ट हो ।

सामान्यतया मृगौला प्रत्यारोपणमा मृगौला फेल भएको व्यक्तिलाई उसैको ब्लड ग्रुपसँग मिल्ने व्यक्तिले मात्र मृगौला दिनसक्ने र त्यस्ता मृगौला मात्र प्रत्यारोपण हुँदै आएकोमा नर्भिकमा हालै फरक ब्लड ग्रुपबाट प्राप्त मृगौलाको जटिल मानिने प्रत्यारोपण समेत सफलतापूर्वक सम्पन्न भएको हो ।

मृगौला रोग विशेषज्ञद्वय डा. आरके अग्रवाल तथा डा. सुमित आचार्य र मृगौला प्रत्यारोपण सर्जन डा. राकेश बर्मा लगायतको टिमले निकै दुर्लभ र जटिल मानिएको मृगौला प्रत्यारोपण गरेको हो ।

नर्भिकमा हालसम्म सतप्रतिशत् सफलताको रेटसहित ७ वटा मृगौला प्रत्यारोपण भइसकेको छ । त्यसमध्ये छैठौ पटकको प्रत्यारोपण निकै जटिल र दुर्लभ रहेको डा डा. आचार्यले बताए ।

उनकाअनुसार बिरामीको मृगौला प्रत्यारोपण अघि र पछि उसको रगतमा एन्टिबडीको स्तर कम गर्न र दाताको मृगौलालाई अस्वीकार गर्ने एन्टिबडीहरूको जोखिम कम गर्नका लागि विशेष चिकित्सा उपचार विधि अपनाइएको थियो । यस उपचारमा रगतबाट एन्टिबडीहरू हटाउने (प्लाज्माफेरेसिस) गरिन्छ । सामान्य खालको मृगौला प्रत्यारोपणको तुलनामा यो जटिल विधि रहेकोले यसको शुल्क भने केही महङ्गो पर्छ ।

मृगौला फेल भई नर्भिकमा उपचाररत एक ७२ वर्षीय पुरुष बिरामीलाई ६५ वर्षीया महिला दाताबाट प्राप्त मृगौला प्रत्यारोपण गरिएको हो । मृगौला प्राप्त गर्ने बिरामीको ब्लड ग्रुप ‘ओ’ थियो भने दाताको ‘ए’ थियो ।

नेपालको सन्दर्भमा यस्तो प्रत्यारोपण निकै दुर्लभ हो । ‘नर्भिकको टिमले जोखिमपूर्ण मानिने यो काममा सफलता प्राप्त गरेको छ ।’ डा. आचार्यले भने–‘जटिल विधिबाट उपचार गरी मृगौला प्रत्यारोपण गरिएका व्यक्तिलाई हामीले ६ दिनमै डिस्चार्ज गरेका थियौं । उहाँको स्वास्थ्य अवस्था अहिले सामान्य छ ।’

उनकाअनुसार हालसम्म नर्भिकमा मृगौला प्रत्यारोपण गरिएका अन्य बिरामीहरुको अवस्था पनि सामान्य रहेको छ । ‘हामी सतप्रतिशत सक्सेस रेटसहित मृगौला प्रत्यारोपणमा नयाँ नयाँ आयाम थप्दै अगाडि बढेका छौं ।’ उनले थपे–‘यस्ता हाइरिस्क ट्रान्सप्लान्टका लागि विदेश नै जानुपर्ने बाध्यता अब अन्त्य भएको छ । यो सबै नेपालीका लागि समेत खुशीको कुरा हो ।’

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छैन

नेपालमा हाल हान्टाभाइरसको कुनै स्वास्थ्य जोखिम नरहेको स्पष्ट

३ दिन अगाडि
नेपाल सरकारले योग तथा प्राकृतिक चिकित्सालाई प्राथमिकतामा राख्नुपर्छः संघ

नेपाल सरकारले योग तथा प्राकृतिक चिकित्सालाई प्राथमिकतामा राख्नुपर्छः संघ

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नक्कली भुटानी शरर्णर्थी प्रकरणमा फैसला

‘नेपाली रूट्स समिट-२०२६’ जर्मनीको म्युनिखमा सम्पन्न

टोरन्टो विश्वविद्यालयद्वारा सञ्चालित यस वर्षको नेपालभाषा समर स्कूल कार्यक्रम सम्पन्न

जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनले गर्यो कार्यसमिति विस्तार

प्रदेशमा प्रहरी अधिकार, उत्तरदायित्व र राष्ट्रिय सुरक्षाको प्रश्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक