काठमाडौँ – सरकारले मिटरब्याजसम्बन्धी समस्याको कानुनी समाधान खोज्न अध्यादेश ल्याउने भएको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजको समस्या समाधानका लागि अध्यादेश ल्याउने निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।
अध्यादेश आजै राष्ट्रपतिसमक्ष पठाइने मन्त्री शर्माले बताइन्।
उनले भनिन्, ‘आज मन्त्रिपरिषद्को बैठकबाट मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानुनी रुप दिनको निम्ति एउटा अध्यादेश राष्ट्रपतिकोमा सिफारिस गर्ने भन्ने निर्णय भएको छ। राष्ट्रपतिकोमा अध्यादेश आजै पठाउने काम हुन्छ।’


