सोम, जेष्ठ ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

नेविसंघले स्ववियु निर्वाचन भाँड्न लागेको अनेरास्ववियुको आरोप

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
नेविसंघले स्ववियु निर्वाचन भाँड्न लागेको अनेरास्ववियुको आरोप
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / सत्तारुढ एमाले निकट अनेरास्ववियुले अर्को सत्तारुढ दल कांग्रेस निकट नेविसंघले चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भाँड्ने प्रयास गरेको आरोप लगाएको छ । अनेरास्ववियुका अध्यक्ष समिक बडालले शनिबार विज्ञप्ति जारी गर्दै नेविसंघले आन्तरिक विवाद मिलाउन नसकेको बहानामा क्याम्पसहरुमा तालाबन्दी गरेको जनाएका छन् ।

‘त्रिवि विश्वविद्यालय क्याम्प्स, पब्लिक युथ, पद्यकन्या लगायतका क्याम्पसमा नेविसंघले आफ्नो आन्तरिक झगडा मिलान नसकेको बहानामा तालाबन्दी गरेको छ । निर्वाचनमा प्रतिस्पर्धा गर्ने आत्मबल नभएका कारण लोकतन्त्रको खोक्रो नारा घन्काउँदै चुनाव नै भाँड्ने प्रयास भइरहेको छ । लोकतन्त्रको रट लगाउने, चुनाव आउनसाथ लोकतन्त्रको घाँटी निमोठ्ने, विद्यार्थीलाई प्रयोग गरेर व्यक्तिगत स्वार्थ साध्ने कांग्रेसको पुरानै शैली फेरि दोहोरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

त्रिविका आंगिक, सामुदायिक र निजी क्याम्पसमा हुने लागेको निर्वाचनमा कांग्रेस र नेविसंघ दलगत स्वार्थमा लागेको समेत अनेरास्ववियुको आरोप छ । ‘देशभरका अधिकांश क्याम्पसहरुमा निर्वाचन प्रक्रिया अगाडि बढिरहेको छ । तर स्ववियु चुनावलाई जति सक्दो अलमल्याउने, नतिजा सुनिश्चित नभएसम्म प्रक्रिया अवरुद्ध गर्ने र विद्यर्थी हितभन्दा दलगत स्वार्थलाई प्राथमिकता दिने कांग्रेस निकट नेविसंघ फेरि पनि आफ्नो पुरानै शैलीमा फर्किएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

देशभरका ६२ आंगिकमध्ये १८ भन्दा बढीमा तालाबन्दीको कारण स्ववियु निर्वाचनको उम्मेदवारी दर्ता लगायतको प्रक्रिया अवरुद्ध बनेको छ । अध्यक्ष बडालले अनेरास्ववियु निर्वाचनका लागि दृढ रहेको प्रतिबद्धतासमेत जनाएका छन् । नेविसंघले भने अव्यवहारिक माग राखेर तालाबन्दीजस्ता अनैतिक हर्कत गरेर चुनाव भाँड्न खोजेको उनले विज्ञप्तिमा दाबी गरेका छन् ।

त्रिवि स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका २०८१ को व्यवस्थाअनुसार निर्वाचनको गतिविधि अघि बढाउन उनले आग्रहसमेत गरेका छन् । ‘तालाबन्दी, अवरोध, अस्थिरता र षड्यन्त्र नेविसंघको स्वाभाविक चरित्र हो । विद्यार्थी संगठनको खोल ओढेर यसरी खेलबाड गरिनु सह्य हुने छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘मातहतका सबै कमिटी, नेता तथा कार्यकर्ताहरुलाई स्ववियु निर्वाचनमा अवरोध नगर्न, गराउने खोज्नेलाई विद्यार्थीहरुको ऐक्यवद्दताबाट प्रतिउत्तर दिन र कुनै पनि हालतमा तालाबन्दीको राजनीति नस्वीकार्न निर्देशन गरिएको छ ।’

यो पनि पढ्नुहोस्

प्रजातन्त्र दिवसलाई जनताको दिवसका रुपमा मनाउन प्रमकाे  निर्देशन

 प्रधानमन्त्री ओलीले दिए रामनवमीको शुभकामना

१ वर्ष अगाडि
आज तराईमा होली पर्व भव्य रूपमा मनाइँदै

आज होली मनाइँदै, राष्ट्रपतिद्वारा शुभकामना व्यक्त

१ वर्ष अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मुद्राको विनिमयदर सार्वजनिक

विश्वकप फुटबल खेल्ने सबैभन्दा पाका खेलाडीहरू

नक्कली नोट कारोबार गरेको आरोपमा पक्राउ

क्यान महासंघमा नेतृत्व परिवर्तन

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक