शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बहुमुल्य जडीबुटी यार्सागुम्बा संकलनका लागि मनाङवासी लेकतर्फ लागे

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
बहुमुल्य जडीबुटी यार्सागुम्बा संकलनका लागि मनाङवासी लेकतर्फ लागे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

मनाङ । बहुमुल्य जडीबुटी यार्सागुम्बा संकलनका लागि मनाङवासी लेकतर्फ लागेका छन्।

आम्दानीको स्रोतका रूपमा रहेको औषधिजन्य जडीबुटी यार्सागुम्बा संकलनका लागि उनीहरू यतिबेला जिल्लाका विभिन्न ठाउँ पुगेका छन्। मौसम अनुकूल भएसँगै मनाङवासी यार्सागुम्बा संकलनमा व्यस्त हुन थालेका छन्। मनाङवासीको आयस्रोत कृषि तथा जंगली औषधिजन्य जडीबुटी हो। जडीबुटी संकलनका लागि नासों गाउँपालिकाअन्तर्गत पहिलो चरणमा यार्सागुम्बा टिप्न नाम्के खर्क मनाङवासी पुगेका छन्।

यससँगै माथिल्लो मनाङअन्तर्गत खाङ्सारखर्क र नारफुखर्क पुगेर मौसम र समयका आधारमा यार्सागुम्बा टिप्नने गरेको स्थानीय बताउँछन्। चामे गाउँपालिका–४ जगबहादुर गुरुङ भन्छन्, ‘अहिले उपयुक्त मौसम भएकाले यार्सागुम्बा टिप्न लेकतर्फ जाँदै छौँ।’ जडीबुटी संकलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको बैठकले यार्सागुम्बा संकलन गर्न इजाजत प्राप्त भएपछि समितिमार्फत पूर्जी दिने निर्णय गरिएको थियो। बैठकको निर्णयबमोजिम नै यार्सागुम्बा संकलन गर्न पाउने भएपछि मनाङवासीलाई चटारो छ। जडीबुटी संकलन मनाङवासीको मुख्य आयस्रोत मानिन्छ। यार्सा संकलनका लागि जिल्लावासी मात्रै नभएर बाहिरी जिल्लाबाट पनि यहाँ आउने गर्दछन्।

प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले यार्सागुम्बा संकलकको सुरक्षाका लागि आवश्यक व्यवस्था गरिएको बताइन्। नाम्के खर्कबाट यार्सागुम्बा संकलन थालिएको छ। नारफु र माथिल्लो मनाङको खाङ्सार खर्कमा पनि यार्सा संकलन गर्न सकिने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए। असार पहिलो हप्तासम्म यार्सा संकलन गरिनेछ। मनाङ बाहिरबाट यार्सागुम्बा तथा अन्य जडीबुटी संकलन र खरिद गर्न आउने व्यक्तिले अनिवार्यरूपमा कोभिड–१९ विरुद्धको खोप लगाएको परिचयपत्र लिएर आउनुपर्ने छ।

यो पनि पढ्नुहोस्

आज मौसम सफा रहने

यस्ताे छ माैसम

१ घण्टा अगाडि
स्रष्टा र सर्जकलाई मिलाप सम्मान, खेमनाथ दाहाललाई टीका-गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार

स्रष्टा र सर्जकलाई मिलाप सम्मान, खेमनाथ दाहाललाई टीका-गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

राष्ट्र बैंकमा सुनको असर्फी सकियाे

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक