बिहि, असार २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सन्दर्भ विश्व औँलो दिवस : तराईबाट पहाड र हिमाल चढ्दै औलो

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
सन्दर्भ विश्व औँलो दिवस : तराईबाट पहाड र हिमाल चढ्दै औलो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । ‘शून्य औलो अबको थालनी नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारा सहित आज विश्व औलो दिवस नेपालमा पनि विविध जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ ।

विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००८ देखि यसका सदस्य राष्ट्रले अप्रिल २५ लाई विश्व औलो दिवसका रूपमा मनाउँदै आएका छन् । नेपालले विश्व समुदायमा गरेको प्रतिबद्धता  अनुसार सन् २०२५ सम्म औलो निवारण गर्ने  अति महत्त्वाकाङ्क्षी लक्ष्य लिएको छ  । सो लक्ष्य अनुसार औलो निवारण गर्न नेपालसँग मात्र तीन वर्षको समय सीमा बाँकी छ । यसमा पनि स्थानीय औलोका बिरामी र औलोबाट  हुने मृत्युलाई शून्यमा  झार्ने  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको लक्ष्य निर्धारण गरेको छ ।

स्वास्थ्य सेवा विभाग , इपिडिमियोलोजी  तथा रोग नियन्त्रण महाशाखा, एन‍.टि.डी तथा किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा गोकर्ण दाहाल औलो रोग निवारण गर्न आयातित औलो  चुनौतीका रूपमा रहेको बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ , “पछिल्लो समय औलोको जोखिम तराइमा मात्र होइन पहाड र  हिमाली क्षेत्रमा समेत देखिएको  छ । यसमा पनि सुदूरपश्चिम  र कर्णाली प्रदेशका जिल्लामा बारम्बार औलोका बिरामी भेटिएका छन् ।”

उहाँका अनुसार आयातित औलो निवारण  नै नेपालका लागि मुख्य चुनौती हो । यस बाहेक पनि औलोको परीक्षण नहुनु, भारतसँगको खुल्ला सिमाना र भौगोलिक विकटता औलो निवारणको चुनौती हुन । उहाँले भन्नुभयो, “चुनौतीका बाबजुद यस वर्षदेखि लगातार तीन वर्ष स्थानीय औलोका बिरामीको सङ्ख्या शून्यमा झार्न लागि परेका छौ ।”

नेपालमा विगत एक सय वर्षदेखि औलोको समस्या देखिँदै आएको  जनाइएको छ । यस रोगका बिरामीमा पक्षघात र मष्तिस्काघातको जोखिम हुने गर्दछ । शाखा प्रमुख डा दाहालका अनुसार  सन् २०२२ मा  औलोका पाँच सय १२  बिरामी भेटिएका थिए । ती मध्ये चार सय ७६ बिरामी अन्य देशबाट औलो सङ्क्रमित भएर आएका र बाँकी ३६  स्थानीय बिरामी रहेका थिए ।

सन् २०१५ सम्म हजार भन्दामाथि औलोबाट प्रभावित भएका थिए । सन् २०१६ मा औलोबाट तीन जनाको अकाल मृत्यु भएको थियो । सन् २०२१ सम्म एक जनाको मृत्यु भयो । औलोको धेरै बिरामी सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशमा भेटिँदै आएको  शाखाको तथ्याङ्कमा उल्लेख छ ।

चिकित्सकका अनुसार औलो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग हो । औलो सङ्क्रमित ‘एनोफिलस’ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा शेरबहादुर पुन भन्नुहुन्छ, “औलो सामान्य र कडा लक्षण सहितका हुन सक्छन् । औलो सङ्क्रमण भएको सात देखि ३० दिनसम्म औलोको लक्षण देखिन सक्छ । ”  उहाँका अनुसार सामान्यतया ज्वरो आउने, टाउको दुख्ने, वाकवाक लाग्ने , वान्ता हुने लक्षण देखिन्छ । लक्षण देखिएका व्यक्तिले तत्काल स्वास्थ्य परीक्षण गराउन उहाँको सुझाव छ ।

उहाँका  अनुसार  ‘फाल्सिफारम’ र ‘भाइभेक्स’ औलो धेरै देखिने गरेको छ । फाल्सिफारम बढी घातक मानिन्छ ।  उहाँका अनुसार औलोका कारण गम्भीर स्वास्थ्य समस्या र बिरामीको मृत्युको जोखिम समेत हुन्छ । डा पुन भन्नुहुन्छ “औलो सङ्क्रमितलाई जाडो, गर्मी र पसिना आउने तीन चरण देखिन्छ । औलो कडा हुँदै गएमा जण्डीस देखापर्छ, कलेजो सुन्निने, मिर्गौला र श्वास प्रश्वासमा समस्या देखिएर मृत्युसम्मको जोखिम हुन्छ ।”  फाल्सिफारमका लागि औलोविरुद्ध औषधिको प्रयोगबाट औलोको उपचार गरिन्छ । गर्मी र वर्षायाममा  लामखुट्टेको टोकाइबाट बच्न चिकित्सकको सुझाव छ । रासस

यो पनि पढ्नुहोस्

वर्तमान सरकारको सय दिनको कार्यकालमा अधिनायकवादी

वर्तमान सरकारको सय दिनको कार्यकालमा अधिनायकवादी

१० घण्टा अगाडि
चर्चामा ‘गौँथली’, मदनकृष्णदेखि अरुणसम्मको अभिनयले दर्शक मन्त्रमुग्ध

चर्चामा ‘गौँथली’, मदनकृष्णदेखि अरुणसम्मको अभिनयले दर्शक मन्त्रमुग्ध

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नक्कली भुटानी शरर्णर्थी प्रकरणमा फैसला

‘नेपाली रूट्स समिट-२०२६’ जर्मनीको म्युनिखमा सम्पन्न

टोरन्टो विश्वविद्यालयद्वारा सञ्चालित यस वर्षको नेपालभाषा समर स्कूल कार्यक्रम सम्पन्न

जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनले गर्यो कार्यसमिति विस्तार

प्रदेशमा प्रहरी अधिकार, उत्तरदायित्व र राष्ट्रिय सुरक्षाको प्रश्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक