सोम, असार १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

न्याय माग्ने जनतामाथि पञ्चायतीशैलीको प्रहरी दमन किन ?

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
न्याय माग्ने जनतामाथि पञ्चायतीशैलीको प्रहरी दमन किन ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
–प्रीति रमण,
मधेशका विभिन्न जिल्लाबाट काठमाडौं आएर अहिले एक समूह आन्दोलनरत छ । स्थानीय सामन्ती साहूबाट पीडित भएका उनीहरु केन्द्र सरकारसमक्ष न्यायको गुहार माग्दै काठमाडौं आएका हुन् । घरगाउँकै स्थानीय सरकार र प्रहरी प्रशासनले आवाज नसुनेपछि बाध्य भएर उनीहरु यहाँ आउनुपरेको हो । पीडितहरुको यो समूहका व्यक्ति कसैको घर साहूले हडपेका छन् भने केहीको खेतबारी नै । कुनै समय बाध्य भएर ऋण लिएका उनीहरु त्यही ऋणको चर्को ब्याजको कारण घरखेत गुमाउन बाध्य भए । ऋण रकम जति तिरे पनि कहिल्यै सकेन । साहूले विभिन्न बहाना बनाएर ऋण रकम बाँकी रहेको भन्दै दुःख दिइरहे । आफ्नो पीडा कसैले नसुनेपछि अन्तिममा सरकारले भने पनि सुन्ला भनेर काठमाडौं आएका उनीहरुमाथि नै अहिले लाठी बज्रिएको छ । गत सोमबार मात्रै काठमाडौंको शान्तिवाटिकामा प्रहरीको दमनका कारण केही आन्दोलनकारी घाइते पनि भए । विगतमा पञ्चायत कालमा अभिव्यक्ति स्वतन्त्रता, प्रजातन्त्र र लोकतान्त्रिक सरकारको मागको क्रममा तत्कालीन सरकारबाट यस्तै दमन हुँदै आएका थिए । सामन्तको शासन मानिने पञ्चायतकाल, राजतन्त्र यो देशबाट समाप्त भए पनि अहिले पनि त्यही शासनशैली कायम रहेको उदाहरण हो, मिटरब्याज पीडितमाथि सरकारको दमन ।
मिटरब्याज पीडित शान्तिवाटिका सिंहदरबारअगाडि भद्रकालीमा गएर धर्नामा बस्न जाने योजनामा थिए । तर, प्रहरीले त्यहाँबाट जान नपाइने भन्दै बल प्रयोग गरेको हुँदा झडप भएको पीडितहरूले जनाएका छन् । झडपलाई नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोराको प्रयोग गरेको थियो । त्यति मात्र नभई प्रहरीले उपचारका लागि अस्पताल लैजाने भन्दै नियन्त्रणमा लिएर प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लब परिसरमा राखेर यातना दिएको पीडितको गुनासो छ । प्रहरीको यो ज्यादती त्यही पञ्चायती शैलीलाई झल्को दिएको छ । सरकारले पहिले गरेका सम्झौता पालना नगरेको र नयाँ सहमति पनि फितलो भएको भन्दै मधेसका विभिन्न २० जिल्लाका सयौं मिटरब्याज पीडितहरू काठमाडौं आइपुगेका थिए । ११ दिनको पैदलयात्रापछि गत साता बर्दिबासबाट हिँडेर काठमाडौं आएका पीडितहरूसँग सरकारले गत चैत १८ सहमति पनि गरेको थियो । तर, त्यो सहमति फितलो भएको भन्दै मिटरब्याज पीडितले निरन्तर आन्दोलन गरिरहेका छन् ।
यसअघि सरकार र पीडितबीच पाँच बुदे सहमति भएको थियो । जसअनुसार सरकारले जाँचबुझ आयोग ऐन, २०२६ बमोजिमको आयोग गठन गर्ने जनाइएको थियो । त्यस्तै, मिटरब्याज पीडितका नियमित रूपमा आउने उजुरी वा गुनासो सम्बोधनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिने पनि सहमति भएको छ । यससँगै अनुचित लेनदेन सम्बन्धी कामलाई कसूर कायम गर्ने गरी अघि बढाइएको कानून संशोधन प्रक्रियालाई शीघ्र निष्कर्षमा पु¥याउन सरकारलाई अनुरोध गर्ने समेत सहमति भएको थियो । तर, मिटरब्याज पीडितको भने अदालती प्रक्रियामा रहेका सबै मुद्दा फिर्ता हुनुपर्ने र मिटरब्याजीका लिखत खारेजीलगायत माग गरेका छन् । तर, यो कानूनी विषय भएकाले सहमति हुन नसकेको सरकारी पक्षले जनाउँदै आएको छ । अदालतले गरेका फैसला र अदालती प्रक्रियाका विषमा आफूहरूले कुनै पनि निर्णय दिन नसक्ने सरकारको भनाइ छ । पीडितहरूले भने सबै अदालती प्रक्रिया टुंग्याएर मन्त्रिपरिषद्बाट लिखत नै खारेज गर्नुपर्नेलगायत माग राखी आफ्नो जग्गाको पुर्जा नै लिएर जाने अडान राखेका छन् ।
पीडितहरूले मिटरब्याजीका नाममा भएको सबै लिखत अवैध घोषणा गर्नुपर्ने, आफूहरू विरुद्धको मुद्दा स्थगित र फैसला भएको मुद्दाको पुनरावलोकन हुनुपर्ने, पक्राउ पुर्जी खारेज, कारागारमा रहेकाको रिहाइ, बैंकिङ कसुरका मुद्दा खारेज तथा मिटरब्याजीको सम्पति छानबिनलगायत माग राखेका छन् । तर, सरकारले यी विषयमा फास्ट ट्र्याकमा समाधान गर्नुपर्नेमा अहिले पीडितहरुमाथि नै ज्यादती थालेको छ, जुन अति नै निन्दनीय छ । जनताको अन्तिम आशाको केन्द्रविन्दु भनेको सरकार नै हो । त्यसैले मधेशका विपन्न, दलित वर्ग जो सामन्ती साहूबाट पीडित छन्, उनीहरु सरकारलाई गुहार माग्न आएका हुन् । राज्यले चाहेमा यसमा द्रुत गतिमा काम हुनसक्छ । त्यसैले सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न तदारुकता देखाउन जरुरी छ ।-जनधारणा साप्ताहिकबाट

यो पनि पढ्नुहोस्

शब्दमा अल्मलिएका नेताहरु देशको जिम्मेवारीमा कसरी पुगे ?

शब्दमा अल्मलिएका नेताहरु देशको जिम्मेवारीमा कसरी पुगे ?

३ वर्ष अगाडि
राजनीतिक आवरणमा अपराधकर्मले संरक्षण पाइरहेको छ !

राजनीतिक आवरणमा अपराधकर्मले संरक्षण पाइरहेको छ !

३ वर्ष अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

आज विश्व रक्तदाता दिवस

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक