काठमाडौँ – नेपाल समाजवादी पार्टीले यही वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन–२ र तनहुँ १ मा नेपाली कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने भएको छ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सो पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चितवन–२ मा कांग्रेसका उम्मेलवार जीतनारायण श्रेष्ठ र तनहुँ–१ मा कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई समर्थन गर्ने निर्णय गरेको हो।