काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद बीना जैसवालले संसद् बैठकमा गायत्री मन्त्र सुनाएकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा उनले सदनमा पनि गायन्त्री मन्त्रको जप गर्नुपर्ने बताइन् ।
“यदि, देश र जनताप्रति इमानदार र निष्ठावान् बन्न यस सदनमा ईश्वरको नाममा शपथ खान सकिन्छ भने देशको वातावरण सुधार होस्, भ्रष्टाचार कम होस् भने यस मन्त्रको जपन यसै सदनमा हुनुपर्छ,” उनले भनिन् । उनले धर्ममा भेद नभए पनि मान्छेको मनामा भेद भएको बताइन् । Global bank Nepal Investment bank प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८० १५:०४