काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्ना शाखा कार्यालयहरु घटाउने भएको छ । साविकको सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति पश्चात एकीकृत कारोबार भइसकेको अवस्थामा एकै स्थानमा अवस्थित कुल १०२ शाखा कार्यालयहरु गाभिएर वा समायोजन भई ५१ वटा शाखा संचालन हुने भएका हुन् ।
प्रभु बैंक र साविकको सेञ्चुरी कमर्सियल बैंकको शाखा कार्यालयहरु एक आपसमा गाभिई वैशाख १० गतेदेखि गाभिने शाखाहरुबाट बैंकबाट प्रदान भइआएको सम्पूर्ण बैकिङ्ग सेवा प्रदान गरिने बैंकले जनाएको छ ।
साविकको सेञ्चुरी कमर्सियल बैंकका कुल ४१ वटा शाखा कार्यालयहरु प्रभु बैंकको नजिकैको शाखा कार्यालयमा गाभिई सोही कार्यालयबाटै सेवा प्रदान हुनेछ । त्यस्तै, प्रभु बैंकको १० वटा शाखा कार्यालयहरु साविक सेञ्चुरी कमर्सियल बैंकको शाखा कार्यालयसँग गाभिई सोही शाखाबाट बैकिङ्ग सेवा प्रदान हुनेछ ।