बुध, मंसिर ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

सरकारको विरोध नगर्न गगन थापालाई माओवादी नेताहरुको चेतावनी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
सरकारको विरोध नगर्न गगन थापालाई माओवादी नेताहरुको चेतावनी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का सचिव तथा सांसद देवेन्द्र पौडेलले सरकारलाई सफल बनाउने दायित्व कांग्रेस महामन्त्री गगनकुमार थापाको पनि भएको भन्दै सरकारलाई सहयोग गर्न आग्रह गरेका छन्।

प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग आइतबार कुराकानी गर्दै सचिव पौडेलले सरकारलाई सफल बनाउने जिम्मेवारी गठबन्धन दलका प्रमुख नेता भएकाले कांग्रेस महामन्त्री थापाको पनि भएको बताए।

उनले थापाले सार्वजनिक मञ्चहरूबाट सरकारको आलोचना गरिरहेको भन्दै आलोचनाले सरकार सफल नहुने बताए। उनले सरकारको आलोचना नगरी सहयोग गर्न आग्रह गरे। उनले गठबन्धनलाई जोगाएर जनताको अपेक्षाअनुसारको काम गर्नुपर्ने बताए।

पौडेलले सरकारका कमी, कमजोरीबारे सल्लाह, सुझाव दिनुपरे प्रधानमन्त्रीलाई भेटेर दिन महामन्त्री थापालाई आग्रह गरे।

उनले भने, ‘गगन थापा हाम्रो गठबन्धनको मूल पार्टीको प्रमुख व्यक्ति हुनुहुन्छ। सरकारलाई सफल बनाउने दायित्व उहाँको पनि हो। आलोचना गरेर मात्रै सफल हुन्न। विरोध गरेर सरकार सफल हुन्न। सहयोग गरेर सफल हुन्छ। मेरो सुझाव के छ भने त्यसप्रकारका कमीकमजोरी छन् भने प्रधानमन्त्रीसँग समय लिएर, उपप्रधानमन्त्रीसँग समय लिएर उहाँले सुझाव राख्दा राम्रो।’

सचिव पौडेलले माओवादी आन्दोलनलाई पुनर्जीवित गर्नुको विकल्प नभएको बताए। उनले माओवादी घटकहरू छिटोभन्दा छिटो एकताबद्ध हुनुपर्ने बताए। उनले एकताबद्ध हुन ढिलो गरे ढुंगा खाने स्थिति आउनसक्ने उल्लेख गरे।

उनले भने, ‘एकता आवश्यक छ। ढिलो भएको छ। साथीहरू किन ढिलो गर्नुभएको छ? सिनियर साथीहरू जसले माओवादी छोडेर केही गर्छौं भन्नुभएको थियो उहाँहरूले पनि गम्भिरतापूर्वक सोच्न जरुरी छ। र माओवादी भित्रका हामीहरूले पनि छिटोभन्दा छिटो माओवादी आन्दोलनलाई पुनःजिवित गर्नको निम्ति अगाडी बढ्नुको विकल्प छैन।’

सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपा(माओवादी केन्द्र)का सांसद महेन्द्रबहादुर शाहीले नेपाली कांग्रेस महामन्त्री गगन थापाले सरकारको आलोचना गर्नु राम्रो नभएको बताए। उनले महामन्त्री थापालाई उत्तेजनामा नभइ सोच, विचार गरेर बोल्न आग्रह गरे।

उनले भने, ‘अहिले पनि सरकारमा जाने मामिलामा, बोल्दा त उहाँहरू आवश्यकता चाहीँ हो अहिलेको भन्नेकुरा नै बोल्नुहुन्छ। तर सरकारलाई नजिक बसेर सहयोग गर्ने भन्दा पनि आलोचना बढी गरिराख्नुभएको छ। यो राम्रो कुरा होइन सरकारमा रहेको पार्टीले र जिम्मेवार नेताले। सामान्य सांसदले बोल्ने कुरा एउटा कुरा हो उहाँ त महामन्त्री नि हो। उहाँले बोल्नेकुरा अलिकति ध्यान दिएर, धेरै कुरा सोच विचार गरेर बोल्नुपर्‍यो। उत्तेजनामा आएर जे मनलाग्यो त्यही बोलिहाल्ने भन्दा पनि सोच विचार गरेर बोल्नुपर्छ।’

सञ्चारकर्मीसँग कुराकानी गर्दै माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले संसदमा एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीप्रति अमर्यादित र अशिष्ट टिप्पणी गरेको भन्दै खेद प्रकट गरे।

उनले पन्तले प्रतिनिधि सभा नियमावली विपरित प्रधानमन्त्रीप्रति टिप्पणी गरेको भन्दै बिरोध जनाउनु भयो। उहाँले सांसद पन्तले आफू सदनमा आएको कुरा नै बिर्सेर संसदलाई गाईजात्रा ठानेको बताए।

यो पनि पढ्नुहोस्

बारामा एमालेका नेता–कार्यकर्ता र जेन–जीबीच  झडप

बारामा एमालेका नेता–कार्यकर्ता र जेन–जीबीच झडप

८ मिनेट अगाडि
सचिव भट्टराईमाथि भएको अभद्र व्यवहारप्रति एमालेको ध्यानाकर्षण

एमालेकाे केन्द्रीय सचिवालय बैठक बस्दै

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

एनपीएल दोस्रो संस्करणको पहिलो खेल काठमान्डु गोर्खाजले जित्याे

पुराना गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न अनुमति दिने

युके र साइप्रस पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

हिमपात र शीत लहरकाे पूर्वतयारीका काम यथाशीघ्र गर्न निर्देशन

जथाभाबी एन्टिबायोटिक औषधीको प्रयोग नगर्न आग्रह

इमिरेट्स एयरलाइनले एकै पटक ६५ थान जहाज खरिद अर्डर

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक