आइत, जेष्ठ १२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मिटरब्याज पीडित निहत्था जनसमुदायमाथि क्रूर दमनकाे घाेरभत्सर्ना

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
मिटरब्याज पीडित निहत्था जनसमुदायमाथि क्रूर दमनकाे घाेरभत्सर्ना
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं ।  नेपाल कम्युनिष्ट पार्टीले आज मिटरब्याज पीडित किसान-मजदुर संयुक्त संघर्ष समितिको आयोजनामा जुलुसको तयारी गर्दै गरेका निहत्था जनसमुदाय लगायत कतिपय राजनीतिक पार्टीका नेता, किसान संगठनका नेता, राष्ट्रिय क्रान्तिकारी मोर्चाका नेता तथा बाटो हिंड्दै गरेका बटुवाहरुमाथि सरकारले अत्यन्त क्रूर दमन गरेर दर्जनौं घाइते बनाएको छ भने कैयौंलाई गिरफ्तार गरेको छ ।

विचित्र विडम्बना त के भयो भने शान्तिबाटिकाभित्र शिवीरमा बसेका पीडितहरुको पीडा, माग र आन्दोलनप्रति ऐक्यबद्धता जनाउन पुगेका सरोकारवाला सबैलाई बाहिबाट गेटमा ताला लगाई थुनेर निस्कन दिएन ! त्यतिले पनि नपुगेर गेट खोलेर बाहिर निस्कँदै गर्दा अन्धाधुन्द लाठी, अश्रुग्यास र पानीको फोहराद्वारा निर्लज्ज र निर्मम दमन गरेको छ । यसक्रममा लोकनारायण सुवेदी, सीताराम तामाङ, ज्योतिलाल वनलगायतका विभिन्न वरिष्ठ राजनैतिक र बौद्धिक व्यक्तित्वहरु एवं अकबर मियाँ, निर्ग नवीन, कुल बहादुर थापा, कृष्ण महतो, तिलकराम चौधरी, प्रदीप नेपाल आदि दर्जनौं मिटरब्याज पीडितहरुलाई टाउको फुट्ने, रगताम्मे हुने र बेहोश हुने गरी कुट्ने र गिरफ्तार गर्नेजस्तो चरम बर्बरता प्रदर्शन गरेको छ ।

शान्तिपूर्ण र वैधानिक रुपले आन्दोलन गर्ने पीडितहरु र ऐक्यबद्धता प्रकट गर्ने व्यक्तित्वहरुप्रति भएको यसप्रकारको मध्ययुगीन दमनको हामी पूर्ण निन्दा र भर्त्सना गर्दछौं । साथै वीर अस्पताललगायतमा उपचातरत सम्पूर्ण घाइतेहरुको निशुल्क उपचार, सानो गौचर र कालीमाटीलगायतका प्रहरी हिरासतहरुमा लगिएका आन्दोलनकारी मिटरब्याज पीडित जनसमुदायलाई तत्काल रिहाई गर्न र मिटरव्याजपीडितहरुका मागहरु अविलम्ब पूरा गर्न तथा भविष्यमा यसप्रकारका समस्याहरुको दीगो समाधान गर्नको लागि सरकारसंग जोडदार माग गर्दछौं ।

लोकतान्त्रिक गणतन्त्रमा जनताको विरोधप्रदर्शनको संवैधानिक अधिकारलाई कुल्चेर गरिएको यसप्रकारका कुनैपनि कुकृत्यहरुको सशक्त विरोध गरी प्राप्त जन अधिकारको रक्षा गर्न र मिटरव्याजपीडितहरुका मागहरु पूरा गराई न्याय दिलाउनको लागि आआफ्नो क्षेत्रबाट संयुक्त वा स्वतन्त्र रुपमा सहयोग पुराउनको लागि समेत देसका सम्पूर्ण सचेत र जिम्मेवार राजनीतिक शक्ति, बौद्धिक व्यक्तित्वहरु, पत्रकार बन्धुहरु र नागरिक अगुवाहरुलगायत सबै सरोकारवालाहरुसंग विनम्र अनुरोध गर्दछौं ।

अन्तमा अब उप्रान्त यसप्रकारका अपराधहरु नगर्न प्रचण्ड नेतृत्वको सरकारलाई गम्भीर चेतावनी दिन चाहन्छौं । यदी सम्बन्धित समस्याहरुलाई गम्भीरता र जिम्मेवारीपूर्वक हल नगरेमा हुने गम्भीर परिणामको जिम्मेवार स्वयं सरकार हुनेछ र वर्तमान दलाल सरकार र व्यवस्थाले अकल्पनीय क्षति बेहोर्नुपर्ने छ ।

यो पनि पढ्नुहोस्

भारतमा काेरानाका बिरामीकाे संख्या बढ्दै

भारतमा काेरानाका बिरामीकाे संख्या बढ्दै

१५ घण्टा अगाडि
गृहमन्त्री लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव

गृहमन्त्री लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आज रास्वपाकाे बैठक बस्दै

निराशा त्याग्न आमजनतालाई प्रचण्डकाे आग्रह

पाँच लाख भारतीय रकमसहित पक्राउ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

राजालाई घरमै सिंहासन बनाएर राख्न सुझाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक