काठमाडौँ – नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले छिमेकी मुलुकसँग घनिष्ठ सम्बन्ध बनाउँदै लैजाने बताएका छन्।
मन्त्रालयमा आज पदभार सम्हाल्दै उनले नेपाल शान्तिपूर्ण मुलुक रहेको र विश्वका सबै देशसँग इतिहासदेखि नै सौहार्द्ध र शान्तिपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गरे।
मन्त्री साउदले भने, ‘हामीले आगामी दिनमा पनि विश्वका सबै देश र छिमेकीसँग सम्बन्ध घनिष्ठ बनाउँदै लैजानेछौँ।’ यसले नेपाल विश्वमा शान्तिपूर्ण र लोकतान्त्रिक मुलुकका रूपमा चिनाउने उनले विश्वास व्यक्त गरे।