काठमाडौं। नेकपा (एमाले) का नेता एवम् सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधि सभा बैठकबाट हराउनुभएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधि सभा बैठकमा आज आफ्नो धारणा राख्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री दाहाल लामो समयसम्म संसद बैठकमा अनुपस्थित रहनुभएको उहाँको भनाई छ ।
‘प्रहरीले नागरिक हराएको बेला सूचना जारी गरेजसरी प्रधानमन्त्री दाहालबारे सूचना जारी गर्नुपर्ने हो भन्दै उहाँले व्यंग्य गर्नुभयो । प्रधानमन्त्री दाहाल संसदमा आउनै छाड्नुभएकाले सूचना जारी गर्नुपर्ने अवस्था आउने उहाँले बताउनुभयो ।