काठमाडौं– महालेखा परीक्षकको कार्यालयले कृषि विकास बैंकले उपलब्ध गराएको सहुलियपूर्ण कर्जा तोकिएको क्षेत्रमा प्रयोग गर्न निर्देशन दिएको छ। तोकिएको क्षेत्रमा प्रयोग नभएको भन्दै यस्तो निर्देशन दिएको हो।
२०७९ सालमा व्यावसायिक कृषि, विपन्न व्यवसायी कृषि, महिला उद्यमी लगायत ९ क्षेत्रमा २२ अर्ब २ करोड ९९ लाख ऋण प्रवाह गरेको देखिएको महालेखाको ६०औं प्रतिवेदनमा उल्लेख गरेको छ।
यस्तै, नमूना परीक्षणबाट ५० लाख ३५ हजार बढी ऋण लिने ५९८ ऋणी रहेका छन् भने ५ अर्ब ५६ करोड १८ लाख ऋणमा ३६ करोड १७ लाख ३५ हजार ब्याज अनुदान दिएको देखिएको महालेखाले जनाएको छ।
ऋण रकमको प्रभावकारी अनुगमन गरी सहुलियतपूर्ण कर्जा तोकिएको क्षेत्रमा प्रयोग भएको सुनिश्चित गर्न बैंकलाई समेत निर्देशन दिइएको छ।