काठमाडौं । अमेरिकन डलर र युरोसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ जना विदेशी र ९ जना नेपाली नागरिकलाई पक्राउ गरेको छ । दुवई जान लागेका यात्रुलाई चेकजाँच गर्दा सरकारले तोकेको भन्दा धेरै डलर बोकेको भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी लालमणि आचार्यले रातोपाटीलाई बताए ।