काठमाडौं । औपचारिक माध्यमबाट विप्रेषण (रेमिट्यान्स) पठाउँदा लाग्ने लागत बढी हुदाँ हुण्डीको कारोबार बढेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।
गन्तव्य मुलुकबाट नेपालमा २०० अमेरिकी डलर पठाउँदा ४.५ प्रतिशत र ५०० डलर पठाउँदा औसतमा तीन प्रतिशत शुल्क लागत लाग्ने गरेकोले यो लागत बढी भएको महालेखाको ६०औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
नेपाल जीवनस्तर सर्वेक्षण २०६६-०६७ अनुसार वैदेशिक रोजगारबाट प्राप्त विप्रेषणको ८० प्रतिशत अंश उपभोगमा खर्च हुने गरेका कारण विप्रेषण आयबाट पुँजी निर्माणमा न्यून योगदान रहेको प्रतिवेदनमा उल्लेख छ ।