शुक्र, जेष्ठ ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जंगलमा लागेको डढेलोले वायुमण्डल धुँवामय

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
जंगलमा लागेको डढेलोले वायुमण्डल धुँवामय
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

म्याग्दी । केही दिनयता म्याग्दी र छिमेकी जिल्ला पर्वतको जलजला क्षेत्रको जंगलमा लागेको डढेलोले वायुमण्डल धुँवामय बनेको छ। डढेलोले एकातिर वन विनाश गरेको छ भने अर्कोतिर वातावरणलाई नै प्रदूषित गरेको छ।

केही दिनयता लागेको डढेलोले म्याग्दीको सदरमुकाम बेनी र आसपास क्षेत्रमा बाक्लो तुवाँलोले ढाकेको छ। धुवाँ र धुलोका कारण वातावरण प्रदूषित भएकाले जिल्ल्लामा श्वासप्रश्वास र आँखाका बिरामीहरू बढेका चिकित्सकहरूले बताएका छन्।

जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले विभिन्न वन क्षेत्रमा लागेको डढेलोका कारण आकाशमा धुँवाले ढाक्दा आँखा पोल्ने समस्या भएको र श्वासप्रश्वासका बिरामीहरू बढेका बताए। धुँवाका कारण आँखा पोल्ने, श्वासप्रश्वासमा समेत समस्या उत्पन्न भएको उनको भनाइ छ।

बेनी अस्पतालमा साविकभन्दा बढी श्वासप्रश्वास, आँखाका समस्या र रुघाखोकी, ज्वरोलगायत मौसमजन्य रोगका बिरामीहरू आउन थालेका बेनी अस्पतालले जनाएको छ।

फागुनसम्म दैनिक सरदर एक सयको हाराहारीमा बिरामीहरू आउने गरेकामा चैत दोस्रो सातायता डेढ सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका र तीमध्ये अधिकांश बिरामीहरू रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र आँखा पोल्ने रोगका हुने गरेका अस्पताल विकास समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताए।

त्यसैगरी ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरूमा पनि मौसम परिवर्तन र वायु प्रदूषणका कारण बिरामीहरूको संख्या बढेको छ। बेनी नगरपालिका(२ ज्यामरुककोटको स्वास्थ्य संस्थामा दैनिक ४० जनाभन्दा बढी श्वासप्रस्वास र मौसमी रुघाखोकीका बिरामीहरू उपचारका लागि आउने गरेका स्वास्थ्यकर्मी चन्द्रबहादुर मल्लले जानकारी दिए।

मानिसहरूको आफ्नै लापरबाहीका कारण डढेलोका घटनाहरू भएका पाइएको छ।

‘चरिचरन वा बाली लगाउन जमिन तयार गर्न स्थानीयले सुक्खा मौसममा जंगल आसपास डढेलो लगाउने प्रचलनले आगलागीका घटना बढिरहेका हुन्‚’ जिल्ला वन डिभिजन कार्यालय म्याग्दीका नि।प्रमुख चन्द्रमणि सापकोटाले भने, ‘डढेलोले गर्ने असरबारे जनचेतना नहुँदा सानो फाइदाका लागि पनि डढेलो लगाउने र जसले गर्दा मानव स्वास्थ्यमा असर पर्नुका साथै वातावरणीय क्षति भइरहेको छ।’

अहिले धेरैजसो वनमा डढेलो लागेको छ। पहाडी क्षेत्रमा लागेको आगो नियन्त्रण गर्न मुस्किल देखिएको छ। सामुदायिक वन क्षेत्रमा लागेको आगो नियन्त्रणका लागि वन समूहले प्रयास गरे पनि डढेलोबाट वन जोगाउन भने सकेका छैनन्।

यो पनि पढ्नुहोस्

हावाहुरीका कारण हवाई उडान प्रभावित

हावाहुरीका कारण हवाई उडान प्रभावित

३ घण्टा अगाडि
प्रधानमन्त्री र विश्व बैँकका दक्षिण एसियाका उपाध्यक्षबीच शिष्टाचार भेट

प्रधानमन्त्री र विश्व बैँकका दक्षिण एसियाका उपाध्यक्षबीच शिष्टाचार भेट

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रसारण लाइन सञ्जाल बढ्न नसक्दा विद्युत् आपूर्तिं प्रभावित

रवि जोडिएको सुनुवाइ उच्च हेर्दाहेर्दैमा

गोर्खाको पर्यटन र पूर्वाधार विकासमा बजेट सुनिश्चित गर्न सांसद ढकालको माग

संघीय संसदका दुवै सदनबाट बैंकिङ कसुर सम्बन्धी विधेयक प्रमाणीकरण

पेट्रोलियम पदार्थको मूल्य घट्याे

कारोबारकाे अन्तिम दिन सुनको भाउ बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक