काठमाडौँ – नेपाली कांग्रेसको संस्थापन र इतर समूह सरकारमा पठाउने मन्त्रीहरुको नामबारे सहमतिनजिक पुगेको छ।
बिहीबार बिहान बसेको संस्थापनइतर पक्षको बैठकमा नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवा आफूहरुलाई तीन मन्त्री र एक राज्यमन्त्री दिन सहमत भएको जानकारी गराएका थिए।
इतर समूहबाट कानुनमन्त्रीमा कोइरालानिकट डिकबहादुर लिम्बू, शिक्षामन्त्रीमा कांग्रेस उपसभापति धनराज गुरुङ र खानेपानी मन्त्रीमा सुरेन्द्र आचार्यको नाममा करिब सहमति भएको बताइएको छ। राज्यमन्त्रीबारे भने टुंगो लागेको छैन।
यस्तै, संस्थान पक्षबाट एनपी साउँद परराष्ट्रमन्त्री र मोहन बस्नेत स्वास्थ्यमन्त्री बन्ने बताइएको छ। यद्पि, वैशाख १० को उपनिर्वाचनपछि मात्रै मन्त्रीको शपथ हुने भएकोले अझै मन्त्री बन्नेहरुको नाम आधिकारिक रुपमा भने टुंगो लागिसकेको छैन।
चैत १७ गते मन्त्रिमण्डल विस्तार हुँदा कांग्रेसभित्रै मन्त्रीको नाममा कुरो नमिल्दा उपप्रधान तथा रक्षामन्त्रीमा उपसभापति पूर्णबहादुर खड्कासहित कांग्रेसका चार मन्त्रीले मात्रै शपथ लिएका थिए।