काठमाडौँ- आफूले गरेका गल्ती सामान्यतया: स्वीकार नगर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तीन दिनअघि बारामा गरेको सम्बोधनका क्रममा आफ्ना भनाइ ठीक नभएको बताएका छन्।
उनले रास्वपाका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईँसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएकै दिन घटनामा दोषी देखिनेलाई ७२ घन्टाभित्र कारबाही नगरे आफूलाई गढीमाईमै बली चढाउन चेतावनी दिएका थिए।
उनले आफ्नो भनाइको ‘इन्टेन्सन’ सही रहेको र भन्ने शैली ठीक नरहेको बताएका थिए।
‘बली चढाउने कुरा चाहिँ मैले नगरेको भए हुन्थ्यो,’ उनले पत्रकार सम्मेलनका क्रममा भने।
पत्रकार सम्मेलनका क्रममा भावुक देखिएका सभापति लामिछानेले मिडियाले आफूलाई कहिल्यै समर्थन नगरेको भन्दै चित्त दुखेको बताएका थिए।