काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको मतदान फेरि हुने भएको छ।
प्रतिष्पर्धी मध्ये कुनै एक उम्मेदारको मत कुल मतको ५१ प्रतिशत पुग्नुपर्ने प्रावधान अनुसार कसैको पनि मत ५१ प्रतिशत नपुग्ने भएपछि फेरि मतदान हुन लागेकाे हाे ।
तीन जना उम्मेदवार मध्येका मुख्य दुई प्रतिष्पर्धी अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिष्पर्धा हुने भएको हो।
कुल मतमध्ये अन्जनले ३७.९९ प्रतिशत, उमेशलालले ३१.४१ प्रतिशत र रामले ३०.४१ प्रतिशत मत प्राप्त गरेका छन्।
मतदान आज दिउँसो २ बजे हुन लागेकाे हाे ।