काठमाडौं । नेपाल रत्न पदवीबाट पूर्व प्रधानमन्त्री स्व. सुशील कोइराला सम्मानित हुनुहुँदैछ। राष्ट्र गौरवको पदवीबाट राजनीतिज्ञ स्व। जीवराज न्यौपाने ‘आश्रित’, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशी सम्मानित हुनुहुँदैछ।
२०८० नयाँ वर्षको वैशाख १ गते बिहान ११ बजे महाराजगञ्जस्थित राष्ट्रपति भवनमा आयोजना हुन गइरहेको सुशोभन समारोहमा गुरुङसहित १४ जना प्रसिद्ध प्रबल जनसेवा मानपदवी पदकबाट विभूषित हुनुहुँदैछ। संस्कृतिविद् डा। जगमान गुरुङलाई सुप्रसिद्ध प्रबल जनसेवा श्री मानपदवीबाट विभूषित हुनुहुँदैछ।
२०७९ असोज ३ गते संविधान दिवसका दिन १४ जना प्रसिद्ध प्रबल जनसेवाश्री पदकबाट सम्मानित हुने व्यक्तित्वको नाम सार्वजनिक गरिएको थियो। टङ्कबहादुर मोक्तान, ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा। जानकीकुमारी तुलाधर, सगुनशमशेर जबरा राणा, स्व।भागवत यादव, स्व। मेघराज उपाध्याय, स्व। सरदार भीमबहादुर पाण्डे, सूर्यप्रसाद सुवेदी, स्व। ठाकुरप्रसाद बगाना, स्व। हरिभक्त वली, स्व। प्रभाकरशमसेर जबरा, स्व। काशीप्रसाद श्रीवास्तव र सिगेरु सुगानामी रहनुभएको छ।
सुकीर्तिमय राष्ट्रदीप पदवीबाट कलाकार निर शाह, कलाकार राजेश हमाल, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, साहित्यकार गङ्गाप्रसाद उप्रेती, तिलविक्रम नेम्वाङ ‘वैरागी काइला’, गायक नन्दकृष्ण जोशी, व्यवसायी चन्द्र ढकाल, शिक्षासेवी प्रा। भूषण श्रेष्ठ सम्मानित हुनुहुँदैछ। उहाँहरूसहित सुकीर्तिमय राष्ट्रदीपबाट १६५ जना सम्मानित हुनुहुँदैछ।
गृह मन्त्रालयले प्रकाशन गरेको सूचना अनुसार काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रपति कार्यालयमा सोही दिन शुक्रबार बिहान ११ बजेदेखि विभूषण गरिने छ। यसका लागि सिंहदरबारस्थित गृह मन्त्रालयमा आ–आफ्नो परिचय खुल्ने प्रमाण पत्र र सम्पर्क नम्बरसहित सुशोभन समारोह प्रवेशपत्र लिन आग्रह गरिएको छ।
सम्बन्धित जिल्ला प्रशासन कार्यालयले यही सूचना आधार मानेर आ–आफ्नो जिल्लाका मानपदवी प्राप्त गर्नुहुने महानुभावलाई औपचारिक पोसाकमा उपस्थित हुन जानकारी गराइएको छ।
निजामती कर्मचारीले ग्रे कोट(कालो कोटसहितको औपचारिक पोसाक र नेपाल सेनारनेपाल प्रहरीरसशस्त्र प्रहरी बल, नेपालतर्फ टयूनिक, एक्युलेट, ग्याठ बुट, मानपदवी–२, अलङ्कार र पदक–परेडमा भाग लिनेले मात्र खड्गसहितको पोसाक हुनुपर्ने उल्लेख छ।
।