काठमाडौं । २०७९ सालको अन्तिम दिन सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको १ लाख १० हजार ८०० रुपैयाँ कायम छ ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १० हजार २५० रुपैयाँ छ । यता, बिहीबार चाँदीको भाउ पनि स्थिर रहेको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १४ सय ५० रुपैयाँ रहेको छ ।
यता, सुनको भाउले २०७९ सालमा नयाँ रेकर्ड कायम गरेर बिदा हुँदैछ । चैत २२ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ११ हजार रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ४५० रुपैयाँ निर्धारण भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो ।
पछिल्लो समय विश्वमा आर्थिक मन्दी देखिन थालेको विभिन्न रिपोर्टहरु सार्वजनिक भईरहेका छन् । यही कारण विश्वभरका लगानीकर्ता सुन सञ्यच गर्नतर्फ लागेका हुन् । यसले गर्दा सुनको माग ह्वात्तै बढ्न जाँदा मूल्य बढेको विश्लेषकहरुले बताएका छन् ।