काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दबासिनी कंसाकारलाई सांसद बनाउने भएको छ।
पार्टीको बुधबार बसेको बैठकले २ करोड मागेको अडियो प्रकरणमा सांसद श्रेष्ठलाई सांसदबाट निष्कासन गरी कंसाकारलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको हो।
रास्वपाले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमार्फत् समानुपातिक सांसद् बनेका ढाकालाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निकालिएको हो।
को हुन् विन्दबासिनी कंसाकार?
हेटौँडाकी विन्दबासिनी कंसाकार पेशाले बैंकर हुन्। कुमारी बैंकमा कार्यरत कंसाकार तेजाब आक्रमण पीडित पनि हुन्। विसं २०७० सालमा उनी प्लस टु पढ्दै गर्दा तेजाब आक्रमणमा परेकी थिइन्। भारतीय नागरिक कमलराज केंसारले तेजाब आक्रमण गरेका थिए।
कंसाकार अब भने सांसद् बन्ने भएकी छन्। समानुपातिकतर्फ जनजाति महिलाको सूचीमा रहेकी उनी यसअघि अटाएकी थिइनन्।
समानुपातिकको बन्दसूचीमा आदिवासी जनजाति पुरुषतर्फ दोस्रो नम्बरमा रहेका मेघबहादुर आलेले थिए। तर रास्वपाले भने विन्दबासिनीलाई नै सांसद् बनाउने निर्णय गरेको हो।