काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी प्रदेश सरकारमा चाँडै सहभागी हुने बताएका छन्।
मंगलबार पार्टीनिकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनमा सम्बोधन गर्दै उनले सङ्घीय सरकारमा सत्तारुढ गठबन्धनमा रहेको र प्रदेश सरकारमा पनि छिट्टै सहभागी हुने बताए।
उनले भने, ‘हाम्रा पनि मन्त्रीहरु हुनुहुन्छ। गठबन्धन दलमा हामी पनि सामेल भएका छौँ। केन्द्रमा पनि हामी समेल छौँ। अब विस्तारै हामी प्रदेश प्रदेशमा पनि सरकारमा सहभागी हुनेछौँ।’