काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधानमा हस्ताक्षर नै नगर्ने पार्टीहरूसँग सहकार्य गर्ने दलहरूले एमालेले संविधान नै मानेन भन्नु लज्जाको विषय भएको जनाएका छन्।
बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जनाएका हुन्। उनले संविधान नमान्ने पार्टीहरूसँग सहकार्य गर्ने दलहरूले एमालेले संविधान नै मानेन भन्दै आरोप लगाउनुको कुनै अर्थ नरहेको जिकिर गरे।
महासचिव पोखरेलले भने, ‘नेकपा एमालेले संविधान नै मानेन भनेर व्याख्या गर्ने कोसिस भयो। क्रान्तिकारीका लागि संविधान भनेको नै अघि बढ्नका लागि सह्य हुन्छ भन्ने मान्ने हो, सह्य हुँदैन भन्ने बदल्ने हो। संविधान कुनै लकिरको फकिर होइन, त्यो बदल्न नमिल्ने चिज पनि होइन। संविधान नमान्ने थुप्रै पार्टीहरूसँग त उहाँहरू सहकार्य गरिरहनुभएको छ। जसले घोषित रूपमा संविधान नै मान्दैन, उनीहरूसँग सहकार्य गर्ने अनि हामीमाथि आरोप लगाउनेरु यो भन्दा अर्को मजाकको विषय के हुनसक्छरु’
उनले नेपालको राजनीतिमा मुख्य दलहरू भनेको नेकपा एमाले र नेपाली कांग्रेसमात्रै रहेको दावी गरे।सत्तारूढ दलहरूले आफ्नो चाहनाका लागि मात्रै अदालतको प्रयोग गर्ने गरेको आरोपसमेत लगाए।