काठमाडौं । नेपाल बार एशोसियसनले एक साताभित्र सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति गर्न माग गरेको छ।
बारले बुधबार पत्रकार सम्मेलन गरेर तत्काल प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्न आग्रह गरेको हो। यदि एक साताभित्र प्रधानन्यायाधीश नियुक्ति नगरिए आन्दोलनमा उत्रिने बारले चेतावनी दिएको छ।
नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरले पत्रकार सम्मेलनमा बोल्दै आफूहरुको पहिलो माग सर्वोच्चमा तत्काल प्रधानन्यायाधीशको नियुक्ति रहेको बताए। लामो समय सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशको भरमा चलेको भन्दै उनले यसको अन्त्य हुनुपर्ने माग गरे।
त्यस्तै सर्वोच्च अदालत बार एशोसियसनका अध्यक्ष हरिशंकर निरौलाले मुख्य रुपमा तीन विषयमा आफूहरुको माग रहेको बताए। प्रधानन्यायाधीश नियुक्ति, पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथिको महाभियोगको टुंगो लगाउन माग गरे।