बिहि, असार २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार स्वास्थ्य

स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको नवौँ शिखर सम्मेलन सुरु

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको नवौँ शिखर सम्मेलन सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। नेपालको स्वास्थ्य क्षेत्रमा भइरहेको अनुसन्धानलाई एकै ठाउँमा ल्याइ स्पष्ट नीति र योजना बनाउन सघाउ पुर्‍याउने उद्देश्यले आजदेखि राजधानीमा स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको नवौँ राष्ट्रिय शिखर सम्मेलन सुरु भएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा भएको सम्मेलनमा पाँच सयभन्दा बढी स्वास्थ्य अनुसन्धानकर्ता, वैज्ञानिक तथा अमेरिका, स्वीट्जरल्याण्ड, भारतलगायत देशका प्रतिनिधिको सहभागिता रहेको छ ।

परिषद्ले २०७१ सालदेखि स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको राष्ट्रिय शिखर सम्मेलन आयोजना गर्दै आएको सदस्यसचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । ‘स्वास्थ्यका लागि अनुसन्धान, कार्यान्वयनका लागि तथ्य र अन्वेषण’ ंभन्ने नाराका साथ आयोजित सम्मेलनमा विभिन्न प्रस्तुतीकरण हुनेछन् । एक सय २१ वटा पोस्टर प्रस्तुतीकरण हुनेछ । दुई सामूहिक सत्र र १० समानान्तर सत्र सञ्चालन हुनेछन् ।

परिषद्ले स्थापनाकालदेखि स्वास्थ्य क्षेत्रका अनुसन्धानलाई नियमन गर्ने, असल अनुसन्धानको संस्कार विकास गर्ने र अनुसन्धानबाट प्राप्त तथ्य तथ्याङ्कलाई स्वास्थ्य क्षेत्रको नीति तथा कार्यक्रममा रूपान्तरण गर्ने काम गर्दै आएको छ ।

सम्मेलनको उद्घाटन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले वैज्ञानिक अनुसन्धानबाट सरुवा रोग नियन्त्रण हुँदै गए पनि पछिल्ला दिनमा नसर्ने तथा मानसिक रोग, जलवायु परिवर्तन, घट्दो जन्मदर, अस्वाभाविक बसाइसराइलगायत बढ्दै गरेको अवस्थामा ती विषयको अनुसन्धान गर्न सम्मेलनले सघाउ पुर्‍याउने बताउनुभयो ।

उहाँले मौलिक चिकित्सा पद्धति, आयुर्वेद, परम्परागत ज्ञान लगायतको वैज्ञानिक अनुसन्धान गरी आधुनिक चिकित्सा पद्धतिका रूपमा विकास गर्न परिषद्को महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

योजना आयोगका सदस्य जयकान्त राउतले नसर्ने रोग र महामारी मानव सभ्यताका लागि चुनौती बनिरहेको अवस्थामा परिषद्ले यससम्बन्धी अध्ययन गर्नुपर्ने बताउनुभयो । नीति र तथ्यपरक योजना निर्माण गर्न अनुसन्धान आवश्यक हुने भन्दै उहाँले अनुसन्धानको नतिजाका आधारमा नीति बनाउनसके मात्र कामयाबी हुने बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले परिषद्ले देशलाई सुहाउँदो र राज्यलाई आवश्यकपर्ने अनुसन्धान गर्नुपर्ने र त्यसबाट मात्रै नीतिनिर्माणमा सहयोग पुग्ने बताउनुभयो । परिषद्लाई प्रादेशिकस्तरमा लैजान छलफल भएको भन्दै उहाँले नसर्ने रोग र मानसिक समस्याका बारेमा अनुसन्धान गर्न आग्रह गर्नुभयो ।

सम्मेलन भोलिसम्म चल्नेछ । सम्मेलनमा ‘स्वास्थ्य प्रणाली र नीति’, ‘क्लिनिकल ट्रायल र बायो इथिक्स’, ‘आपत्कालीन जनस्वास्थ्य र बदलिँदो मुद्दा’लगायत विषयमा सामूहिक सत्र सञ्चालन हुनेछन् । रासस

यो पनि पढ्नुहोस्

वर्तमान सरकारको सय दिनको कार्यकालमा अधिनायकवादी

वर्तमान सरकारको सय दिनको कार्यकालमा अधिनायकवादी

८ घण्टा अगाडि
चर्चामा ‘गौँथली’, मदनकृष्णदेखि अरुणसम्मको अभिनयले दर्शक मन्त्रमुग्ध

चर्चामा ‘गौँथली’, मदनकृष्णदेखि अरुणसम्मको अभिनयले दर्शक मन्त्रमुग्ध

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘नेपाली रूट्स समिट-२०२६’ जर्मनीको म्युनिखमा सम्पन्न

नक्कली भुटानी शरर्णर्थी प्रकरणमा फैसला

टोरन्टो विश्वविद्यालयद्वारा सञ्चालित यस वर्षको नेपालभाषा समर स्कूल कार्यक्रम सम्पन्न

जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनले गर्यो कार्यसमिति विस्तार

प्रदेशमा प्रहरी अधिकार, उत्तरदायित्व र राष्ट्रिय सुरक्षाको प्रश्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक